नायिका ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छिन् ।

आज उनी र दिपेक्ष विक्रम रानाविच बिबाह भएको हो । काठमाण्डौमा आयोजित बिहे समारोहमा निकै नै कम चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । बिहेका ऋचा निकट मानिने केही नायिकाहरु मात्र उपस्थित छन् । ऋचा र दिपेक्ष विगत २ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

नायिका ऋचा शर्मा आफैले बिबाहको तस्वीर सार्वजनिक गर्दै सबैसँग आर्शिवादको कामना गरेकी छिन् । उनले लेखेकी छिन्–‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको माया र आर्शिवाद सदैव यसरी नै मिलिरहोस् ।’ दिपेक्ष ललितपुरको लाबिम मलको जनरल म्यानेजर हुन् ।

तपाईको प्रतिक्रिया