काभ्रे – नेपाल ‘भ्रमण वर्ष–२०२०’ को लागि होमस्टेले पनि पर्यटकलाई छुट दिने भएको छ ।

बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका होम स्टेले भ्रमण बर्ष भरीनै खाना र आवासका लागि २० प्रतिशत छुट दिने गरी निर्णय भएको होम स्टे एशोसिएसन नेपाल (होसान) का अध्यक्ष केसव प्रसाद बडालले जानकारी दिनुभयो । भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवर्द्धन गर्ने उद्देश्यले कास्कीको कालाबाङमा बसेको बैठकले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको बडालले जानकारी दिएका हुन ।

होसानले घरवासमा आउने पर्यटकका लागि उपलब्ध भएसम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिने कार्यक्रम तय गरेको छ । बडालका अनुसार सकेसम्म रैथाने बालीलाई घरवासमा प्रयोग गरी ठूला होटल, रेस्टुराँभन्दा फरक परिकार दिने अभियानमा घरवास पर्यटन व्यवसायीहरु रहेको छ । पछिल्लो समय कर्णाली प्रदेशमा घरवास पर्यटन प्रवर्द्धनमा आफूहरु लागिरहेको समेत उनले जानकारी दिनुभयो ।

सरकारले जारी गरेको होम स्टे सञ्चालन कार्यविधि-२०७३ अनुसार तत्कालै अनुगमन थालिने योजना होसानले बनाएको छ । सरकारले दिएको कर छुट पाउनकै लागि होटललगायत पर्यटन व्यवसायीले अवैध रुपमा घरवास पर्यटन सञ्चालनमा ल्याएको गुनासो होसानमा आएको बताउनुभयो । नियमित अनुगमन नहुँदा फाइदा उठाइरहेका छन, अनुगमनपछि कार्यविधिले तोकेअनुसारको मापदण्ड पुगेका होम स्टे मात्रै सञ्चालनमा आउने बडालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया