पाँचखालमा सामुदायिक होम स्टेको शुभारम्भ

खावा – काभ्रेको पाँचखाल नगरपालिका वडा नं ५ खावामा सामुदायिक होमस्टे सुरु भएको छ । पाँचखालमै पहिलो पटक सामुदायिक होमस्टे सुचारु भएको हो ।

प्रदेश सभा सांसद लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा शनिबार होम स्टेको शुभाराम्भ भएको थियो । उक्त होमस्टकोे सुरुवातसँगै यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा उपलब्ध गराउनेमा सांसद लम्सालले आशा राख्नुभएको छ । यस होमस्टेले प्राकृतिक तथा सांस्कृतिक विविधताले पूर्ण तथा अर्गानिक उत्पदानले प्रसिद्ध, प्रदूषणमुक्त र रमणनीय स्थलले स्वेदशी तथा विदेशी पर्यटकलाई आकर्षण गराउन सक्ने विश्वास राख्दै होमस्टेले स्थानीय उत्पदानमा जोड दिन उहाँले आग्रह पनि गर्नुभयो ।

पर्यटनको केन्द« बनाउन र पर्यटन प्रर्बद्धनमा होमस्टेले महत्वपूर्ण भूमिका खेल्ने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले बताउनुभयो । होम स्टेले सम्रग पाँचखालको पर्यटनको विकासमा टेवा पु¥याउने बताउँदै सामुदायिक होमस्टेको विकासमा आफू सधैँ सहयोग गर्न तयार रहेको प्रमुख खरेलले बताउँनुभयो ।

‘होमस्टेको भर्खरै प्रराम्भ भएको छ,’ होम स्टेका अध्यक्ष शर्मिला रंजितकारले भन्नुभयो, ‘ सबैको साथ र सहयोगबाट मात्र होम स्टेको विकास हुने छ ।’ आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई स्वागत गर्न तयार भएको उहाँले बताउँभयो । उहाँका अनुसार यस होमस्टेले पर्यटनको विकास र प्रर्बद्धनमा विशेष जोड दिने छ ।

पाँचखाल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, सामुदायिक होमस्टे प्रदेश नं ३ का अध्यक्ष बिनोद हुमागाई, सेफ एशोसिएसनका महासचिव मोहन गजुरेलको उपस्थितीमा होमस्टेको शुभारम्भ भएको थियो ।

#खावा  #Homestay