देश विकासमा हेभी इक्युपमेन्टको योगदान उच्च छ : श्रेष्ठ

मोहनकुमार श्रेष्ठ, अध्यक्ष
हेभी इक्युपमेन्ट महासंघ काभ्रे
नेपाल सरकारसँग ठुला उपकरण थिएनन् । नेपाल सरकारको स्वामित्वमा रहेको सडक विभागसँग केही सिमित उपकरण थिए । २०४६ सालमा पंञ्चायत ढलेसँगै विकासको लहर ल्याउने योजना सरकारको थियो । अझ २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वले आफ्नो गाँउ आफै बनाउने अभियान सुरु भयो । सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने कुनै योजना अघि सारेन । हातमा गनिन सक्ने ठूला ठेकेदारहरुसँग बुल डोजर थिए । जसले सडकको काममा केही गर्न खोज्दथे । तर सोचेको जस्तो विकास हुन सकेकै थिएन ।

त्यतीबेला लक्का जवान थिए, काभ्रेको दाप्चा खनालथोकका मोहनकुमार श्रेष्ठ । उनको मनमा जोश थियो भने शरिरमा उर्जा र जाँगर । व्यापारमात्रै हैन देशको विकास निर्माणमा कसरी लगानी गर्न सकिन्छ भनेर सोच्दै थिए । उनको परिवारका पुर्खाहरु व्यापारीनै भएको कारणले उहाँमा व्यापारप्रति निक्कै आकर्षण थियो ।

उनको सोचाइमा ठ्याक्कै मेल खाने काम सरकारले समेत सुरु ग¥र्याे आफ्नो गाँउ आफै बनाउने महाअभियान । सरकारको पहिलो प्राथमिकतामा सडकनै थियो । सरकार र उनले कुरा मिल्यो ठूला चट्टान र पहाड फोर्न डोजर चाहिने आवश्यकता बोध गरेसँगै ४२ लाख खर्चिएर उनले डोजर किनेसँगै सरकारलाई सहयोग गर्न थाले ।
नेपालमा त्यतीबेला चितवनका एक जना व्यापारीसँग मात्रै डोजर थियो । त्यहाँवाट सुरु भएको हेभी इक्युपमेन्टसँगको यात्राको क्रममा उनै मोहनकुमारको यात्रा अझै टुग्गिएको छैन । त्यस्तै हेभी इक्युपमेन्टको योगदान विकास बढ्दै गएको छ ।

काभ्रेको दाप्चामा जन्मिएर हेभी इक्युपमेन्ट मार्फत विकास निर्माणमा उहाँ र उहाँको परिवारको योगदान ठूलो छ । देश समृद्धिको याधामा रहेकाले हेभी इक्युपमेन्ट मार्फत देशको विकासको गोरेटो  खन्ने उहाँहरुको धोको अझै पुर्ण रुपमा पुरा हुन सकेको छैन । उहाँको परिवारका सदस्य रातदिन यो कार्यमा निक्कै कृयाशिल बनेर लाग्नु भएको छ ।

काभ्रेको गाँउमा जन्मिएर व्यवसायलाई अगाल्दै अघि बढ्नु भएको मोहनकुमारको हेभी इक्युपमेन्टको यात्रामा केही बर्षदेखि भुमिका फेरिएको छ । हेभी इक्युपमेन्ट महासंघ काभ्रेको तेस्रो कार्यकालको लागि उहाँ पुन जिल्ला अध्यक्षमा चयन हुनु भएको छ । देशको समद्धिसँग जोडिएका हेभी इक्युपमेन्टलाई डोजर आंतकको नाम दिएसँगै उहाँमा चिन्ता समेत थपिएको छ । व्यवसायीहरु बिच दररेट लगायतको बिषयमा आन्तरिक किचलोको कारणले समेत थप व्यवसायिक बन्न नसकेकोप्रति उहाँलाई निक्कै चिन्ता पनि लाग्ने गरेको छ । काभ्रेको अग्रणी व्यवसायी सामाजिक व्यक्तित्व सदैव सकारात्मक चिन्तन बोक्ने व्यवसायी हेभी इक्युपमेन्ट महासंघ काभ्रेका अध्यक्ष मोहनकुमार श्रेष्ठसँग गरेको कुराकानीको अंश ।

मानव किन व्यवसायमा आबद्ध हुनुपर्छ ?
व्यवसाय आफैलाई संचालन गर्ने आधार हो । देशको मेरुदण्ड र देशको प्रमुख शक्ति भनेको युवाहरुनै हो । युवाहरुमा उमेरले युवा भैहाल्छ । उसँग शारिरीक तथा बौद्धिक रुपमा फरक ढंङ्गवाट सोच्न सक्ने हुन्छन् । हरेक कदममा युवाहरुले फरक शैलीवाट काम गर्नुहुन्छ । मेरै कुरा गरौ । म युवाहुँदा राज्यसँग नभएको,हेभी इक्युपमेन्ट संचालन गर्न सकिन्छ भनेर २०५० सालमा ४० लाख खर्च गरेर डोजर किने । राज्यको सडक विभागसँग मात्रै त्यस्ता ठूला उपकरण थिए । म अहिले त्यो अवस्थामा भएको भएपनि सायद त्यत्रो आँट गर्न सक्दैनथे होला ।

युवाहरुले गर्ने निर्णय,युवाहरुको सोच सबैसँग हुँदैन । त्यसैले यो अवस्थामा गरेको काम राष्ट्र निर्माणका लागि असाँध्यै काम लाग्छ । त्यस्तै हरेक उमेर समुहका मानिसले जिविकोपार्जनको लागि सोच्नु आवश्यक छ । जीवनलाई सफल बनाउन पनि व्यवसायमा आबद्ध हुनुपर्छ ।

० तपाई व्यवसायमा कसरी आबद्ध हुनुभयो ?
मैले मेरो जातियताको कुरा गरेको हैन । तर पनि नेवार समुदायले सदियौदेखि व्यापार व्यवसाय संचालन गरेर आउनु भएको छ । मेरो पुर्खाले समेत व्यवसायमा संम्लग्नता रहनु भएकाले म त्यसमा आबद्ध भए । नेवारहरुले दोवाटोचोकमा बरु नाङ्गो राखेर भएपनि व्यापारमा आबद्ध हुनुहुन्थ्यो । मेरो पुर्खाहरुले दिएको व्यापारलाई निरन्तरता दिनु भयो ।

० हेभी इक्युपमेन्ट संघ काभ्रेमा किन सुरु भयो ?
२०४६ सालमा देशको परिर्वनत पछि देश निर्माणको चरणमा थियो । सो समयमा सडक, भवन निर्माण गर्नु पर्ने अवस्था रहेको थियो । जग्गा विकासको काम भैरहेको थियो ।

२०४६ सालपछि देशलाई के आवश्यकता छ भनेर सोच्दा निर्माणका लागि धेरै कुरा आवश्यक रहेको अनुभुती भयो । शहर त शहर भै हाल्यो । सो समयमा ग्रामीण विकासका लागि सडक पूर्वाधार विकासको आवश्यकता रहेको थियो  । अब देशको विकास गर्ने हो । सडक बाहेक अरुवाट हुन सक्दैन भनेर सडक विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा विकास भयो ।

सडक निर्माणको काम राज्यले चाहादा चाहदै पनि विकास हुन सकेको थिएन । राज्यसँग उपकरण थिएनन् । राज्यसँग सडक विभाग थियो । उसँग प्रर्याप्त उपकरण हुदैनथे । उपकरणको अभावमा समयमै सडक संचालन हुन सक्ने अवस्था थिएन । त्यो आवश्यकतामा ध्यानमा राखेर अब निजी क्षेत्रले उपकरण किनेर विकास निर्माणमा अग्रसरता देखाउनु पर्छ भन्ने हामीले महसुस गरेका थियौ ।

हामीले अब चासो दिन सकेनौ भने सरकारले चाहेर पनि विकास गर्न सक्दैन भन्ने हामी त्यसबेलाका व्यवसायीहरुको निस्कर्ष भयो । त्यही आवश्यकता ठानेर मैले यो व्यवसायमा २०५२ सालमा यो व्यवसायमा आए ।

त्यो समयमा पब्लिक क्षेत्रमा डोजर किन्ने भनेको छदानै थिएन । देशकै एउटा अवस्थालाइ हेर्ने हो भने ठूलाठूला ठेकेदार बाहेक अरुसँग डोजर थिएन । मैले सो समयमा सडक निर्माणको काममा लागे ।

० सो समयमा कति पैसामा डोजर किन्नु भयो ?
सो समयमा धेरै उपकरण थिएन । सो समयमा बुल डोजर मात्रै थिए । सो समयमा मैले बुल डोजर ४२ लाखमा खरिद गरेको थिए । सो समयमा बुल डोजर हातमा गन्न सकिने व्यवसायीको हातमा मात्रै थिए । धेरैसँग उपकरण समेत थिएनन् ।

० त्यो समयमा र अहिलेको समयमा के फरक रहेको छ व्यवसायमा ?
त्यो बेलामा व्यवसायीहरु धेरै गाह्रो थियो । सो समयमा मेशिन किन्दा काम राम्रोसँग पाइन्थ्यो । राज्यले समेत काम दिन्थ्यो । व्यवसायीहरुमा इमान्दारिता थियो । तर अहिले त्यस्तो छैन ।
२०४६ को आन्दोलनपछि नेपाल सरकारले आफ्नो गाँउ आफै बनाउन गाँउमा मोटरबाटो जान थाल्यो । त्यसको श्रेय २०५१ सालपछि फेरि बढ्यो ।

सडकको लागि राम्रो बजेट आउन थाल्यो । त्यसका लागि सरकार र नीजि क्षेत्रले मिलेर काम गर्न थाले । त्यसमा हामीले समेत योगदान दिन थाल्यौ । त्यतीबेलाको आवश्यकता धेरै मेशिन चाहिदैनन । ३ लाखको बजेट थियो । तर अहिले धेरै ठूलो बजेटको आकार भएको छ । अहिले मेशिन धेरै छन् । सरकारले राम्रो बजेट विकास निर्माणमा खर्च गरेको छ । तर हाम्रा उपकरण समेत आवश्यकता भन्दा धेरै भएको हो की भन्ने महसुस भएको छ ।

० हेभी इक्युपमेन्ट संघ किन स्थापना गर्नुभयो ?
संघ संगठन विना कुनै पनि कुरा अघि बढ्न नसक्ने अवस्था पछिल्लो समय विकास भएको देखिन्छ । हिन्दुस्थानवाट कैची चलाएर कसैको कपाल र दाह्री काट्ने व्यक्तिहरुको समेत आफ्नो संगठन रहेको छ ।

हेभी इक्युपमेन्टमा लाखौ रुपैया खर्च भएको छ । हाम्रो व्यवसायिक हितको लागि संघ आवश्यकता ठानेर हामीले संघको स्थापना गरेका छौ । एउटा मेशिन हुनेको समेत लाखौं लगानी भएको र धेरै मेशिनहुँदा करोडौ रुपैयाको लगानी भएको हुँदा व्यवसायिक एकताको लागि काभ्रेमा यो संघ स्थापना भएको हो ।

० काभ्रेमा कति सदस्य हुनुहुन्छ ?
हामीले सोचेको जसरी काम गर्न सकिरहेका छैनौ । हामीले जुन हिसावले व्यवसायीलार्इं सहयोग गर्न सकेका छैनौ । गाडीको टिपरको जस्तो संघ हाम्रो हुँदैन । यसको सदस्य कम हुन्छन् । काभ्रेमा करिब २ सय जना व्यवसायीहरु यो व्यवसायमा आबद्ध रहनु भएको होला तर हामीसँग ५५ जना सदस्य आबद्ध रहनु भएको छ । यसमा धेरै साथीहरु आफै निर्माणमा लागेका साथीहरु,ईट्टा भट्टामा समेत सदस्य रहनु भएको छ ।

० संघले कसरी काम गरिरहेको छ ?
हामीले व्यवसायीले सोचेको जस्तो धेरै ठुलो हितकारी काम गर्न सकेका छैनौ । अरु यातायात क्षेत्रका संघभन्दा यो पृथक र फरक रहेको छ ।

तत्काल हामीले व्यवसायिक साथीलाई तत्काल आउने समस्यामा हामीले गर्न सक्ने सहयोग, बिमा कम्पनीसँग आउने झन्झटमा सहजीकरण, प्रशासनिक सहयोग गर्न, विचारको आदानप्रदान र अस्वस्थ्य प्रतिस्पर्धा नगरौ भनेर अभियान चलाएका छौ ।

० डोजर आंतक छ भनेर भनिन्छ नी ?
डोजर आंतक भन्ने शब्दले मर्माहित पारेको छ । हिजो राष्ट्र निर्माणको सुरुवात गर्ने अवस्थामा नेपाल सरकारसँग उपकरण नभएको समयमा ठूलो जोखिम मोलेर हामीले उपकरण भित्राउन सकेका छौ ।

नीजि क्षेत्रले उपकरण खरिद गरेर भाडाकै व्यवसाय संचालन गरेको हो । हामीले नाफाको व्यवसाय भएपनि यो नाफासँगै सेवा समेत हो । व्यवसायीहरुले राम्रा मेशिन किनेर पहाड खनेर सडक निर्माण गरेका छन । हिजो नेपालीहरुले पाँच दिन लगाएर हिड्नु पर्ने ठाँउमा सडक पु¥याएका छन् । नेपाल सरकारको विकासमा सहयोग गरेको छ । आफ्नो गाँउ बनाउन हेभी इक्युपमेन्टको योगदान ठूलो रह्यो । हामीले गाँउ बनाउने कार्यमा समेत राज्यले हामीलाई सम्मान गर्ला भनेर ठानेको सम्मान गर्ने अवस्था समेत देखिएन ।

अहिले आएर नेपाल सरकारले डोजर आंतक भन्नु भनेको मुर्खता हो । हिजो हामीले गरेको कामहरुको मूल्यांकन सरकारले गरेन । ग्रामीण विकट बस्तीहरुमा सडक पु¥याउने काम हामीले गरेका हौ नी । त्यो कुरामा नेपाल सरकारले सम्मान गर्नु पर्ने हो जस्तो लाग्छ । हामीले सरकारी निकायले भनेको ठाँउमा गएर खनिदिने हो तर सुरुमा आफै काम गर्न दिने अनि पछि आंतक भयो भनेर भन्न मिल्छ की मिल्दैन ।

युवाहरुलाई हामीले रोजगार दिएका छौ । डोजरको कारणले विकासमा निक्कै राम्रो भएको छ । मेशिन किनाउने काम नेपाल सरकार, काम दिलाउने नेपाल सरकार तर हाल आएर सरकारी स्तरवाट अनुशन्धान हुन सकेको छैन ।

पहिला मेशिन किनाउने, सडक कसरी खन्ने नभन्ने अनि २० बर्षपछि आएर डोजर आंतक भयो भन्नु मिलेन जस्तो लाग्छ । यन्त्रको कुरामा समस्या आएर दुर्घटना हुन सक्छ । त्यसलाई आंतक मच्चायो भन्न मिल्छ ।

० ठूला उपकरणको व्यवस्थापनमा राज्यले के गर्नु पर्छ ?
ठूला उपकरणको व्यवस्थापन गर्नको लागि राज्यले सहयोग गर्नुपर्छ । त्यो भनेको निती बनाउने हो । हाम्रो लगानी र कामको सुरक्षा दिनु पर्छ । व्यवसाय टिकाउन दररेटको व्यवस्था सरकारले गर्न आवश्यक रहेको छ । सरकारले अहिले केही पनि गरेको छैन । एउटा कम्पनीले विदेशवाट मेशिन ल्याएर बेच्छ ।  त्यसको सुरक्षा छैन । मर्मतको व्यवस्था छैन । पार्टसमा कति पैसा भनेर दररेट छैन । सरकारी तबरवाट अनुगमन छैन ।

व्यवस्थापनको लागि सरकारले सहयोग गर्न आवश्यक छ । कुन एरियामा कति,हेभी इक्युपमेन्ट छन् भनेर एउटा डाटा लिने । एकै ठाँउमा राख्ने । सडक निर्माणमा अध्ययन गरेर मात्रै खन्न दिने काम गर्नुपर्छ । यसमा दुबैलाई फाइदा पुग्छ । अहिले सरकारलाई पनि  हेभी इक्युपमेन्ट टाउको दुखाइको बिषय बनेको छ ।

० दररेट एउटै कायम गराउन के गर्नु पर्छ ?
हामी दररेट कायम गराउन व्यवसायीलाई संगठित बनाउने अभियानमा छौ । सबैभन्दा महत्वपुर्ण कुरा भनेको के हो भने सरकारी निकाय र हामी व्यवसायी बसेर सहमतीमा दररेट कायम गराउन आवश्यक छ ।

त्यसका लागि आधारहरु बनाउनु पर्याे । सरकारी निकायले अनुगमन नगर्दा हामीले अस्वस्थ्य प्रतिस्पर्धा समेत गरिरहेका छौ । जसको घाटा हामीलाई धेरै हुन्छ ।