पनौती २ नयाँगाउँमा खोप केन्द्र संचालन

पनौती – पनौती नगरपालिका वडा नं २ नयाँगाउँमा निर्माण गरिएको खोप केन्द्रको बिहिबार समुद्घान संगै संचालनमा आएको छ ।

पनौती नगरपालिका बाट निर्माण गरिएको खोप केन्द्र प्रदेश सभा सदस्य सांसद बसुन्धरा हुमागाईको प्रमखु आथित्यमा समुद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै सांसद हुमागाईले बिकास निर्माणको सबै कामहरुमा जनताको साथमा रहेको निर्माण गरिएको हरेक खालको भौतिक संरचनाहरुको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।

स्वस्थ्यको खोप केन्द्र समुद्घाटन संगै सांसद हुमागाईले स्वस्थ्यको क्षेत्रहरुमा सुधार संगै सबै समुदायले स्वस्थ्यको पहुच पुग्नुपर्नेमा जोड् दिएका थिए । कार्यक्रममा बोल्दै सांसद हुमागाईले बिकास निर्माणको सबै क्षेत्रहरुको बिकास संगै मानविय बिकास समेत हुनुपर्ने जोड् दिए । भौतीक बिकास संगै मानविय बिकास भएमा समाजको बिकास हुन सकिने बताए । अहिले बिकास संगै उत्पादनको क्षेत्रहरुमा बृद्धि गर्न सक्नुपर्ने र सबै समुदायमा आत्मनिर्भताको लागि जोड् हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा बोल्दै बिशेष अथिति पनौती नगरपालिका प्रमुख मेयर भिम न्यौपानेले नगरपालिकाले स्वस्थ्यको क्षेत्रमा सबैको पहुच पुग्नेगरि काम गरिरहेको बताए । शहरी स्वस्थ्य केन्द्रहरुमा जस्तै नियामित स्वस्थ्य चेकजाँचको ब्यवस्थापन गर्नको लागि सबै केन्द्रहरुमा जनशक्ति नगरले खटाएको बताए । हामीले खटाएको कर्मचारी समयमा आउछ कि आउदै, कर्मचारीले सिटामोल माग्दा अरुकुनै औषधी पो दियो यि सबै कुराहरुको तपाई स्थानियहरुले खोजबिन गर्नु पर्छ अनि मात्र नगरले गर्न खोजिएको र जनताको हितमा हुने काम परिणम देखाउन सकिन्छ मेयर न्यौपानेले भने ।

नगरपालिकाले स्वस्थ्य बिमा सबै जनताको स्वस्थ्य क्षेत्रमा लाभ लिन सक्ने र स्वस्थ्य बिमाको लागि समेत कर्मचारीहरु खटिसकेको बताए । कार्यक्रममा बोल्दै मेयर न्यौपानेले स्थानिय सरकारहरुले गरिरहेको कामको मुल्याङकन जनता समुदायले गर्नु पर्ने बताए । सरकारले गरिरहेको कामहरुको मुल्याङकन सुझाब सहित सकरात्मकरुपमा सल्लाह दिएमा अझै समाजको बिकास गर्नको लागि एक भएर जान सकिने बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रमको सभापति पनौती नगरपालिका वडा नं २ का अध्यक्ष पुरुषोतम अधिकारीले वडाकै अलि दुर्गम ठाउँ नयाँगाउँमा स्वस्थ्यको क्षेत्रमा सबैले पहुच पुग्नु पर्छ भनेर यहाँ खोप केन्द्र निर्माण संगै संचालनमा ल्याउन सफल भएको बताए । पनौतीकै प्रचुर सम्भावना रहेको यस गाउँमा बिकास संग संगै नगरपालिका वडाले यहाँका सबैखाले बिकासमा ध्यान दिइरहेको बताए । हामीले यस ठाउँमा फिल्म सिटिको रुपमा अघि सारेको र यहाँको पर्यटन क्षेत्रको बिकासको लागि र घरै पिच्छे हुन सक्ने होमस्टेको बिषयमा समेत कुराभइरहेको बताए । अहिले पनौती कै अग्लो नागी डाँडामा भ्यु टावरको काम समेत भइरहेको यस बाट आन्तरिक र बाहय पयर्टन धेरै भन्दा धेरै भित्राउन सकिने बताए ।

आज भएको खोप केन्द्र हस्तान्तरण संगै एक दिने स्वस्थ्य शिबिर समेत संचालन गरिएको थियो । स्वस्थ्य परिक्षणबाट स्थानियहरुले लाभ लिएका थिए । कार्यक्रममा पनौती नगरपालिका उप प्रमुख गिता बन्जारा, वडा नं ३ का अध्यक्ष किशोर थापा, प्रमुख प्रशासकिय अधिकृत, जिल्ला स्वस्थ्य कार्यलय प्रमुख, पनौती नगरपालिका स्वस्थ्य प्रमुख पुरुषोतम तिमल्सिना, कृषि तथा पशु पंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा, शिक्षा शाखा प्रमुख मधुसुदन अधिकारी, स्थानिय समाजसेवी राजकुमार सापकोटा, राम कृष्ण हुमागाई लगायत अन्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।