बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा

भारतीय पर्यटकहरुलाई बन्धक बनाएर लुटपाट गर्ने काभ्रे मण्डनदेउपुर– १२ घरभई काठमण्डौ बस्दै आएका नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी एवं डन दिल बहादुर दोङ सहित ८ जनालाई प्रहरीले पक्राउ गरेकाछन् ।

प्रहरीले उनीहरुलाई एक साता अघि पक्राउ गरेपनि घटना बिषयमा गुपचुप राखिएको थियो । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको डीएसपी सन्तोषसिंह राठौरले जानकारी दिए । चार जनाको बन्धक बनाउने काममा कुनैपनि संलग्न नभएको कारणले छाडिदिएको डीएसपी राठौरले बताए ।

उनिहरुले धेरै पहिला देखि बिभिन्न देशका पर्यटकहरुलाई बन्धक बनाएर लुटपाट गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतका अनुसार दिल्लीबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये ३ जनालाई उनीहरुले ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा बन्धक बनाएर राखेको जनाएको छ । त्यहाँ बन्धक राख्ने क्रममा पर्यटकलाई शारीरिक यातना समेत दिइएको पीडितले दिएको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरणको शैलीमा लगेर करिब डेढ लाख रुपैयाँ भारु लुटिएको बताएका छन् । रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए । ‘हामीलाई काठमाडौं छाडेनौं भने मार्दिन्छु भनिएको थियो’, जाहेरीमा भनिएको छ ।

गोरखपुर सीमामा पुगेपछि उनीहरुले नेपालमा रहेका एक परिचित व्यक्तिलाई फोन गरेका थिए । उनले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई घटनाबारे बताएपछि महानगरीय प्रहरी वृत्त, दरबारमार्ग र सोह्रखुट्टेलाई अनुसन्धानका लागि निर्देशन दिइएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले निर्देशन दिए पछि प्रहरी बृत्त सोह्रखुट्टे प्रमुख डीएसपी सन्तोषसिंह राठौर सहितको टोलीले उनिहरुलाई पक्राउ गरिएको थियो । उक्त बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।