हेभी इक्युपमेन्ट मोहनको नेतृत्वमा

पनौती – काभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको तेश्रो जिल्ला अधिबेशन बुधबार काभ्रेको पनौतीमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अथिति पुर्व मन्त्री एंव सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले मुलुक निर्माणका लागि संवाहक मानिएका हेभी इक्युपमेन्टको सहि प्रयोग हुनु पर्ने बताए । यस क्षेत्रका ब्यवसायीहरुले भोग्नु पर्ने समस्य चुनौतीहरु सरकारले मसिनो ढंगले केलाउनुपर्ने मिडियाको कारण डोजर आंतक भन्ने आरोप समेत ब्यवसायीहरुले भोग्नु परेको कार्यक्रममा मन्त्री बस्नेतले बताए । राज्यको बिकासमा लागेका ब्यवसायीहरुको समाजमा नकरात्मक हुने कार्य समेत नगर्न मन्त्री बस्नेतले सबै ब्यसायीहरुमा आग्रह समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै पनौती नगरपालिका प्रमुख मेयर भिम न्यौपानेले यस क्षेत्रमा लागेका बयवसायीहरुले दर रेटमा एकरुपता ल्याउनु पर्ने बताए । धेरै बयवसायीहरुले फरक फरक दर रेटका कारण बिकास निर्माणको कार्यहरुमा समेत केहि समस्य देखिएको बताए । साथै हेभी इकुमेन्टहरु समेत निर्माणको चरणमा गुस्तरको लागि समेत सहि प्रयोग गरेर जनताहरुलाई कामको गुण्स्तर दिन सक्नुपर्ने जोड् दिए ।

कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष ताराबहादुर कुँवरले ब्यवासमा आशा भन्दा निराशा बढेको बताए । ‘ब्यवसायीहरुलाई किस्ता बुझाउन कठिन छ’–अध्यक्ष कुँवरले भन्नु भयो–‘मुलुक निर्माणमा ब्यवसायीहरुलाई आशा भन्दा निराशा बढेको छ । सरकारले ब्यवसायी मैत्री कानुन निर्माण गरी कार्यान्वयनमा नल्याउने हो भने निर्माणको कार्य अगाडी बढ्न सक्दैन ।’ कार्यक्रममा निर्माण ब्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अधिबेशनको बन्द सत्रले नमोबुद्ध ७ का मोहनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । समितिमा उपाध्यक्ष मण्डनदेउपुर ७ का प्रभुराम श्रेष्ठ, सचिव पनौती ७ का रामशंकर कर्माचार्य, उप सचिव नमोबुद्ध ३ का गोकुल भुर्तेल र कोषाध्यक्षमा पाँचखाल ४ का धरसमान तामाङ छनोट गरिएको । त्यस्तै सदस्यहरुमा पनौती ४ का रामहरी भण्डारी, नमोबुद्ध ४ का माधवप्रसाद कँडेल, मण्डन ७ का कुमार तामाङ र बनेपा ८ का निरज प्रजापति चयन भएको छ ।