समझदारिको कारण नगरको विकास राम्रोसंग भएको छ : नगर प्रमुख खरेल

पाँचखाल – पाँचखाल नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख महेश खरेलले आपसि समझदारिको कारण नगरको विकास राम्रोसंग भएको बताउनुभयो ।

हाम्रो लक्ष भनेको पाँचखालमा रहेको १३ वडालाई कालो पत्रे सडकले पुर्याउने नगर प्रमुख खरेलले बताउनुभयो । पाँचखालमा रहेको पानीको समस्यालाई मध्यनजर राख्दै अस्थाई रुपमा डिप वोरीङ्गको व्यवस्था गरी पानी वितरण गर्ने कार्य गरेको खरेलले बताउनुभयो । दिर्घकालीन रुपमा खानेपानीको व्यवस्थाको लागि सुनकोशीको पानी ल्याउने तयारी गरेको बताउनुभयो ।

पाँचखालका युवाहरुलाई बैदेशिक रोजगारीमा जानुपर्ने वाध्यतालाई अन्त्य गर्दै आफ्नै कार्यकालमा तीनहजार भन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गर्ने लक्षका साथ अगाडी बढेको प्रमुख खरेलले बताउनुभयो । पाँचखालको शिक्षामा आधुनिक साथै गुणस्तरीयता बनाउने लक्ष अनुसार सम्पुर्ण विद्यालयमा इ.हाजिरी व्यवस्था गर्ने तयारी गरेको वताउनुभयो ।

नगरले नियमित रुपमा पत्रकार सम्मेलनको आयोजना गरी सुचना प्रदान गर्नुपर्ने नेपाल पत्रकार महांसंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनुभयो । विगतमा जनप्रतीनिधिहरु नहुंदा समय समयमा सार्वजनिक सुनुवाई जस्ता कार्य गर्दै आएकोमा पछिल्लो समयमा त्यस्ता कार्य खस्केको बताउनुभयो । शुनकोशी ३ आयोजना संञ्चालन संगै पाँचखाललाई बस्ति बिकास गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

उक्त कार्यक्रम पाँचखाल नगरका प्रेस सल्लाहकार कपिल कोईरालाले संञ्चालन गर्नु भएको थियो ।