नेरा त्रिभुवन माध्यमिक विद्यालयले गयो, दुईजना आर्थिक सहयोगीलाई सम्मान

कौरव खत्री / गुल्मी – गुल्मी मुसिकोटको एक माध्यमिक विद्यालयको लागि आर्थिक सहयोग गर्ने दुई जना व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

शुक्रवार मुसिकोट नगरपालिका २ मुसिकोट देउराली स्थित श्री नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले आयोजना गरेको एक सम्मान कार्यक्रममा विद्यालयलाई १लाख,१६ हजार बराबरका फर्निचरका सामाग्रीहरु सहयोग गरेका मदाने गाँउपालिका ३ जलुकेनी निवासी समाजसेवी लोक बहादुर केसी र विद्यालयलाई करिव २० हजार बराबरको फर्निचरका सामाग्री सहयोग गर्ने मसिकोट नगरपालिका २ निवासी समाजसेवी दोर्ण नेपालीलाई फुलमाला दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका २ का वडाअध्यक्ष लक्षमण खत्रीले चन्दादाता केसीले शिक्षाप्रति गरेको सहयोग प्रशंसनीय र उदाहरणीय रहेको शिक्षाको विकास एउटा इटा थप्ने काम गरेको बताए ।

सोही अवसरमा विशिष्ट अतिथि समाजसेवी तथा सहयोगी लोक बहादुर केसीले विद्यालयको चौतर्फी विकासमा सबै सरोकारवालाहरु मिलेर विद्यालयको प्रगति हुने भन्दै विद्यालयको लागि भावी दिनमा सहयोग गर्ने प्रतिवद्धता जायर गरे । साथै अवसरमा आर्थिक सहयोगी दोण नेपालीले आफ्नो गाँउ ठाँउमा रहेको विद्यालयलाई सबैको साथ र सहयोग हुनु पर्ने बताए ।

सम्मान कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तेज बहादुर महत, विव्यस सदस्य मदन घिमिरे, शिअस अध्यक्ष बल बहादुर कार्की, सदस्य पदम बहादुर विक लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक संघका पदाधिकारी,शिक्षक स्टाफ,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी प्रसाद आचार्यको अध्यक्षता तथा मुसिकोट नगरपालिका २ का वडाअध्यक्ष लक्षमण खत्रीको प्रमुख आतिथ्यता रहेका कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक सुरेन्द्र नेपालीले गरेका थिए ।