पनौतीमा पर्यटन दिवस मनाइयो

पनौती  – पर्यटन बिकास केन्द्रको आयोजनामा पनौतीमा पर्यटन प्रभातफेरि सहित पर्यटन दिवस मनाएको छ । पर्यटन बिकास केन्द्र, लियो क्लब पनौती र लायन्स क्लब पनौतीको संयुक्त आयोजनामा पनौती बसपार्कबाट आज बिहान प्रभातफेरि सहति बिश्व पर्यटन दिवस मनाइएको थियो ।

अतिथि देव भव, भिजिट नेपाल २०२० सफल पारौ भन्ने पेल्ट बोर्ड सहित नगर परिक्रम गरिएको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा नं २ का अध्यक्ष एवं पनौती पर्यटन बोडको अध्यक्ष पुरुषोतम अधिकारी, वडा नं ७ का अध्यक्ष रामचन्द्र नस्नानी, वडा सदस्य पुरुषोतम कर्मचार्य लायन्स क्लबका अध्यक्ष राजाराम कार्मचार्य, लियो क्लब पनौतीका अध्यक्ष बिष्णु खिम्बन्जार, नमस्ते होमस्टेका अध्यक्ष संगिता श्रेष्ठ, गिता दाहाल, पनौती समुदायिक होमस्टेका अध्यक्ष शिला आमात्य लगायतको उपस्थितिमा प्रभातफेरि कार्यक्रम सहित बजार परिक्रमा गरिएको थियो बजार परिक्रमाको क्रममा बजारमा भेटिएका पर्यटक बिदेशी पाहुनाहरुलाई टिका माला लगाएर स्वागत समेत गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख अथिति वडा नं ७ का अध्यक्ष रामचन्द्र नस्नानीले भिजिट नेपाल २०२० मा धेरै भन्दा धेरै पर्यटकहरु पनौती भिजिटको लागि ल्याउने पहल भइरहेको बताए । पनौती चिनाउनको लागि र पनैतीमा आन्तरीक र बिदेशी पाहुनाहरु ल्याउनको लागि सबैमा समेत अनुरोध गरे । उक्त कार्यक्रममा बोल्दै वडा नं २ का अध्यक्ष पुरुषोतम अधिकारीले नगरले पर्यटनको क्षेत्रमा राम्रो संग नजिक बाट बिकास गर्न सक्ने सम्भावनाहरुमा हेरिरहेको बताए । धेरै भन्दा धेरै पर्यटन पनौतीमा ल्याउनको लागि बिभिन्न चरणको बिकास निर्माणहरुको काम समेत भइरहेको बताए ।

कार्यक्रममा बोल्दै वडा नं ७ का सदस्य पुरुषोतम कर्मचार्यले पनौतीको बिकास संगै राज्यले गुम्ने शहर हरु मध्ये पनौती पनि हो भन्ने घोषणा गर्नु पर्ने जोड् दिए । पर्यटकहरुलाई धेरै भन्दा धेरै सुबिधाहरु दिन सकियो भने पनौतीमा धेरै पाहुनहरु आउने बताए ।