जनताले मलाई गाडी चढ्न मात्रै मेयर बनाएका हैनन् : न्यौपाने

भीम न्यौपाने, प्रमुख
पनौती नगरपालिका, काभ्रे
जनताको अपेक्षा अनुसार काम कमै मात्र स्थानीय तहले गरेका छन् । जनताको भावना बुझेर काम गर्दा सफल बन्ने उदाहरण यतीबेला काभ्रेको पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने बन्न सफल भएका छन् । निरन्तर जनतासँग सहकार्य गर्दै अघि बढेका पनौतीका मेयर भिम न्यौपानले निर्वाचित भएर आएपछि नेपालमै उदाहरणीय काम गरेर जनताको मन जित्न सफल भएका छन् । उनले पनौतीमा कृषी र पर्यटन मार्फत पनौतीको समृद्धि खोजी रहेका छन् ।

काभ्रेको सबैभन्दा ठूलो नगरपालिकाको मेयरमा निर्वाचित भएसँगै संम्भावना र अवसरको खोजी गरेर त्यसैमा उनले काम गरिरहेका छन् । ग्रामीण भेगको बाहुल्यता रहेकाले सोही अनुसार विकास र योजनामा नजिक रहेर उनले काम गरिरहेका छन् । उनले दुई बर्षमा गरेको कार्यक्रमहरुले उनी निक्कै राम्रा र दुरदर्शी मेयर बनेका छन् । उनै जनप्रिय मेयर कुराकानीको संम्पादित अशं

0 पनौती नगरपालिकाको प्रमुख भएर आएपछि पनौतीमा के–के काम गर्नुभयो ?
हामीले हाम्रो भुगोल अनुसारको विकास निर्माण गर्ने हो । काभ्रेको सन्र्दभमा कुरा गर्ने हो भने हाम्रो नगरपालिकामा ७० प्रतिशत भु–भाग ग्रामीण क्षेत्रले ओकटेको छ । हाम्रो नगरपालिका नेपालका अरु नगरपालिकाभन्दा पृथकशैली र विशेषता रहेको छ । यहाँको मुख्य आम्दानी भनेको कृषी र पशुपालननै हो । त्यसमा हामीले सुधारको काम गरिरहेका छौ । पर्यटनको अथाह संम्भावना रहेकाले पर्यटन विकासलाई गुरु योजना बनाएर अघि सारेका छौ ।

0 कृषी र पशुपालनमा सुधारको खास खास के के काम गर्नु भएको छ ?
परम्परागत पशुपालमा रहेका किसानलाई व्यवसायिक पशुपालनमा लाग्न प्रोत्साहनस्वरुप नगरपालिकाले भैंसी सुत्केरी खर्च व्यवस्थापनमा हाम्रो नगरपालिकाले केही बर्षदेखि प्रयास थालेको छ । हामीले नयाँ पाडापाडी हुर्काएर पहिलो बेत सुत्केरी भएको भैसीलाई ५ हजार रुपैया उपलब्ध गराएका छौ । दोस्रो बेतलाई २ हजार उपलब्ध गराएका छौ । नगरमा ४ हजार छ सय ४७ वटा भैंसी छन् । तीन वर्ष भित्रमा दश हजार भन्दा बढी पु¥याउने लक्ष्य रहेको छ । भैंसीको संख्या बढ्नासाथ दूधमा नगर आत्मनिर्भर हुनुका साथै किसानको आयस्तरमा सुधार हुने अपेक्षा हाम्रो रहेको छ ।
सुरुमा धेरैको आलोचना समेत हामीले सहनु प¥र्याे । काभ्रेवाट काठमाण्डौमा सबैभन्दा धेरै दुध यस नगरपालिकावाट निर्यात हुने गरेको छ । त्यसलाई बृद्धि गराउँदै किसानको आयस्तरमा सुधार्ने प्रयास स्वरुप हामीले यो काम गरेका हौ ।

कृषीमा समेत हामीले अब कम्तिमा एक वडामा सामुहिक रुपमा युवाहरुले खेतीको सुरुवात गराउने उदेश्यले योजना अघि बढाएका छौ । हामीले वैदेशिक रोजगारीवाट फर्किएका युवाहरुको तंथ्याङ्ग संकलन गरेका छौ । सोही आधारमा उनीहरुको चाहना अनुसारको खेतीप्रणालीमा जोड दिएका छौ । त्यतीमात्रै नभएर हामीले नगरका एकल महिलाहरु जो ३५ बर्ष उमेर कटेको हुनुहुन्छ उहाँहरुलाई मासिक भत्ताको व्यवस्था समेत सुरु गरेका छौ ।

0 पर्यटन विकासको लागि के गर्ने योजना रहेको छ ?
प्रत्येक १२÷१२ बर्षमा पनौतीको त्रिवेणीघाटमा मकर मेला लाग्ने गरेको छ । २०७८ सालमा मकर मेला आँउदै छ । मकर मेला लक्षित गरेर काम अघि बढाएका छौ ।
यो क्षेत्र विश्वसम्पदा सुचीमा सुचिकृतको प्रस्तावित छ । त्यसको काम भैरहेको छ । पनौती धार्मिक र साँस्कृतिक रुपमा विश्व विख्यात रहेको छ । यहाँ पर्यटनको धेरै संम्भावना रहेकाले साँस्कृतिक पर्यटनको विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे संचालन, पुरातात्विक रुपमा बनाउने काम गरिरहेको छ । पनौतीमात्रै नभएर खोपासी बजार, बल्थली, रयाले कुशादेवीसँगै सबै बडाहरु ग्रामीण पर्यटनको अथाह संम्भावना रहेकाले हामीले सोही अनुसार काम गरिरहेका छौ ।

0 पनौतीको समृद्धिको आधारहरु के के हुन् ?
पनौतीका समृद्धिका आधारहरु प्रशस्तै छन् । त्यसमा हामीले काम गरिरहेका छौ । आजको दुई बर्षपछि पनौतीमा मकर मेला आँउदैछ । मकर मेला हुने त्रिवेणी घाटमा आउने पुण्यमाता खोला फोहोर रहेकाले पुण्यमाता सफाईको अभियानमा पनौती नगरपालिकाले विशेष योजना बनाएको छ । पुण्यमाता खोला सधैलाई सफा पार्ने योजनाकै कारण नगरले पनौती ढल व्यवस्थापन समिति मार्फत पनौतीको पुण्यमाता खोला सफाईको अभियानमा नगरले सकृयता देखाएको छ । फोहोर पानी प्रशोधन केन्द्रमा पु¥याउने र लिलावती खोलाको सफा पानीलाई लिलावती सिंचाईको मार्फत बासडोल खोलामा पु¥याउने र त्यसलाई सफा बनाउने योजना छ । त्यसको लागि नगरले ठाँउ ठाँउमा बाँध बाँधेर माछा छाड्ने योजना बनाएको छ । पुण्यमाता खोलाको पुलमुनी सुन्थानजाने सडकमा कलात्मक ढंङ्गको हिड्ने बाटो बनाउने अभियान नगरले सुरु गरेको छ ।

नगरले पनौती बसपार्कको अभाव रहेकाले त्यसको योजना अघि सारेको छ । नयाँबसपार्कको लागि आर्थिक व्यवस्थापन नगरले गरेको छ । आगामी बर्षसम्म बसपार्कको लागि जग्गाको यहाँ औद्योगिक क्षेत्रहरुको विकास हुँदैछ । त्यसका लागि बनेपा–पनौती सडकले मात्रै हाम्रो भारलाई थाम्न सक्दैन । त्यसका लागि हामीले पुण्यमाता करिडोरको काम सुरुवात गरेका छौ । सो योजनाको लागि २५ करोड रुपैया आवश्यक पर्छ । त्यसको डिपिआर तयार गरेर काम सुरु भैसकेको छ । अघिल्लो बर्षमा मात्रै हामीले ७ करोड खर्च गरि सकेका छौ । हामीले सुरु गरेको रंगशालाको काम अघि बढेको छ । त्यो आधा सम्पन्न भैसकेको छ । नेपाल सरकारको २० करोडभन्दा धेरै लगानी भैसकेकाले अब कुनै पनि हालतमा रंगशालाको काम अघि बढ्छ ।

0 विकास निर्माण कसरी गरिरहनु भएको छ ?
हामीले योजनाहरु घटाउने क्रममा छौ । हरेक बडाका ठूला र राम्रा काम गर्ने उदेश्यले हामीले योजना घटाएका हौ । बजेट कनिका छरेको जसरी छर्ने भन्दा पनि एकीकृत विकास गर्ने हाम्रो मुख्य उदेश्य रहेको छ ।

हामीले एक÷एक योजना प्राथमिकतामा रहेका छन् । ती योजनाहरु वडाको आवश्यकताको आधारमा बनाइएका छन् । शिक्षा, सडक, खानेपानीमा आधारित रहेर योजना बनेका छन् । गत बर्षमा हाम्रो २ सय ४३ योजना थिए । यो बर्ष १ सय १९ ओटा योजना छन् । अर्काे बर्ष हामीले योजनालाई एक सयमा झार्नेछौ । धेरै छरेर योजना अघि बढ्न सक्दैन । वडामा हुने सामान्य मर्मत सम्भारको कामहरु योजना संचालनको लागि २२ लाख रकम दिएका छौ । सो रकमले साना योजनाहरु संचालन हुनेछन् ।

0 जनप्रतिनिधी,कर्मचारी र जनताले कसरी काम गर्नु भएको छ ?
हामी सबै मिलेर अघि बढेनौ भने विकास हुन सक्दैन । म के कुरामा ढुक्क र विश्वस्त छु भने जनताले मलाई गाडी चढ्न मेयर बनाएर पठाएका हैनन् । मैले विकास गर्छ भनेर चुनेर पठाएका हुन् । म जनताप्रति कहिल्यै विश्वासघात गर्दिन । जनताको सेवक हुँ । अहिले जनप्रतिनिधीहरुलाई कसैले छोटे राजा भनेर आरोप लगाउँछन् । त्यो जनप्रतिनिधीहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको कारण जनताको आक्रोस हो । म त्यो प्रति सदैव सचेत छु ।

अब कुरा रह्यो जनप्रतिनिधी, कर्मचारी र आम पनौतीबासीको समन्वय, सबैभन्दा ठूलो को–हो मैले बुझिन भने मेरो बर्हिगमन सजिलो हुँदैन । कर्मचारीको पनि त्यही हो । सबैको सहकार्यवाट मात्रै नगर अघि जान्छ । पनौती नगरपालिकाले जनप्रतिनिधी पाएसँगै जनप्रतिनिधी, जनता, कर्मचारी र विकास निर्माणलाई योजना बनाएर काम अघि सारेको छ । त्यो क्रम निरन्तर रुपमा अघि बढीरहेको छ । निर्वाचन लगत्तै जनताले पाउनु पर्ने प्रशासनिक काममा सकृय भएको पनौती नगरपालिका टिमले १२ ओटानै वडावाट जनताले पाउने सुविधा प्रदान गरिरहेको छ ।

0 योजना उत्कृष्ट भएपनि अनुगमन फितलोहुँदा विकास राम्रोसँग भएन भन्ने आरोप छ नी ?
योजना किन घटाइयो । यसको उत्तर यही छ । अनुगमन बलियो बनाउन । विकासलाई वास्तविक ठाँउमा लैजान । विकासको उच्चतम प्रतिफल लिन । मैले यस अघिका बर्षहरुमा उपभोक्ता समिति गठनमा म आफैं नगर प्रमुख समेत उपभोक्ता समितिको गठनमा सहभागी हुने गरेको छु ।

वडाध्यक्षहरु, वडासदस्यहरु सबै त्यस काममा सक्रिय हुनुहुन्छ । हाम्रो विकास नमूना छन् । आउनुस हेरौ छलफल गरौ म सबैलाई आब्हान गर्दछु । हाम्रो उपप्रमुखको संयोजकत्वमा भएको अनुगमनले उत्कृष्ट छ । उहाँले राम्रोलाई सम्मान र गलतलाई सुधार्ने कार्यमा जोड दिनु भएको छ ।

0 नगरका चुनौती पनि होलान नी ?
पनौती नगरपालिकाको खास ठूलो समस्या छैन । एकमात्र समस्या भनेको कर्मचारी कामको व्यवस्थापन रहेको छ । कर्मचारीको संख्या हामीसँग प्रर्याप्त छ तर स्किलफुल कर्मचारी हामीसँग छैनन् । कर्मचारीहरुको काम गर्ने सवालमा कर्मचारीहरुमा काम गर्ने जाँगर चलेको र स्थानीय सेवाग्राहीले समेत कर्मचारीलाई क्रमशः विश्वास गर्न थालेका छन् ।

0 नगरमा आउने बजेटको अवस्था कस्तो छ ?
काभ्रेमा नगरमध्ये धेरै बजेट हामीसँग छ । हामीले सबै क्षेत्रको विकासमा जोड दिएर काम गरिरहेका छौ । स्थानीय तहमा समस्यानै नभएको होईन तर हाम्रो स्थानीय तहमा त्यस्तो कुनै समस्या छैन । हामीले आएका समस्याहरुलाई हाम्रो हिसावले समाधान समेत गरिरहेका छौ ।

0 सिंहदरबार आएन भनेर हल्ला चलेको छ नी गाँउमा ?
यो खासमा के हो भने देशमा रहेका गाँउ र नगरपालिकाको प्रवृत्तिको कुरा भयो । केही केही गाँउपालिका र नगरले महत्वकाक्षी कर योजना ल्याए । धेरैले नियम मिचेर समेत काम गरे । एउटा नगर र गाँउले अप्ठारो निर्णय गर्छ अनि दोष देशभरका ७ सय ५३ ओटा स्थानीय सरकारले भोग्नु परेको छ ।

संघियतालाई प्रहार गर्नको लागि स्थानीय तहको एउटा व्यक्तिले गरेको गल्तीलाई सबैलाई औल्याउने काम भएको छ । ंिसगो स्थानीय सरकार बिरुद्ध एक पटक सबैवाट प्रहार गर्ने अवस्था आएको थियो । तर त्यो क्रमिक रुपमा कम हुँदै गएको छ । हामी स्थानीय सरकारका प्रतिनिधीले ठिक काम ग¥र्याै भने संघियता बाँच्छ । हैन हामीले ठिक काम गरेनौ भने संघियता पनि डुब्छ । संघियताको जग भनेको खासमा स्थानीय सरकारनै हो ।