काठमाडौं – सिंगापुरमा उपचारमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रो पटक मन्त्रिपरिषदका सदस्यहरुसँग टेलिप्रिजेन्स प्रविधिमार्फत् सरकारका काम कारवाहीबारे छलफल गर्नुभएको छ ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य उपचारबारे मन्त्रीहरुलाई जानकारी गराउनुभएको थियो । सोही अवशरमा मन्त्रीहरुलेपनि आफ्ना मन्त्रालयका कामहरु बारे  प्रधानमन्त्रीलाई जानकारी गराएथिए ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुशार टेलिप्रिजेन्स प्रविधिमार्फत कुराकानी भएपनि मन्त्रीपरिषदको ौपचारिक बैठक नबसेको बताउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि दोस्रो पटक भदौ ५ गते सिंगापुर पुग्नुभएको प्रधानमन्त्री ओलीले भदौ ८ गते पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत् कुराकानी गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया