शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मारुनी’ हेरेपछि नायिका केकी अधिकारीले आफूलाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले गरेको भूमिका किन अफर गरिएन भन्ने लागेको बताएकी छिन् ।

चलचित्रको विशेष शोमा उपस्थित केकीले भनिन्–‘नवल दाइसँग मैले २ वटा चलचित्रमा काम गरिसकेकी छु । तर, यो चलचित्रको भूमिका मेरो लागि हो जस्तो लाग्यो ।’ उनले आफूलाई किन यो भूमिका अफर नगर्नुभएको भनेर निर्देशकलाई सोधेको समेत बताइन् ।

यस्तै, नायक पल शाहले चलचित्र हेरिसकेपछि आफूलाई यसको कथावस्तु, उठान गर्न खोजेको बिषय र कलाकारको अभिनय उत्कृष्ट लागेको बताए । उनले, यस्तो कथामा कमै नेपाली चलचित्र बन्ने भन्दै निर्माणपक्षले जोखिम मोलेको पनि बताए ।


तपाईको प्रतिक्रिया