बेथानचोक – तिजको अवसर परेर बेथानचोक गाउँपालिका वडा नम्बर ४ पार्टीखर्कमा रहेको श्री कालिका मा.बिको प्राङगनमा बेथानचोक तिज धमाका २०७६ कार्यक्रम सम्पन्न भएको छ ।

महिलाहरुको महान पर्व हरितालि तिज आउन केही दिन मात्र बाँकी रहदा बेथानचोक गाउँपालिकाको कलाकारले अरु गाउँपालिका तथा नगरपालिकाको कलाकारले आयोजना गर्ने नसकेको काम बेथानचोक गाउँपालिकाको कलाकारले गरेका छ्न ।

तिज लाई माध्यनजर गर्दै बेथानचोक तिज धमाका २०७६ कार्यक्रमको आयोजना गरेका थिए । सो कार्यक्रम स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम कलाकार गणेश केसि, भगवान खत्री, बिक्रम गौतम, मानव राज, पाल्देन लामा, अशोक तामाङ, अमर कृष्ण चन्द, सोनिया डिसि लगायतका चर्चित कलाकारको साथमा स्थानीय प्रतिभाहरुको बेजोड प्रस्तुति रहेको थियो ।


तपाईको प्रतिक्रिया