काठमाडौ – साउदी अरबको मक्कामा हज गर्न पुगेका नेपाली मुसलमानहरू हजको सम्पूर्ण प्रक्रिया पुरा गरेर नेपाल फर्किने क्रम सुरु भएको छ ।

आज आईतबार कपिलबस्तु, दाङ्ग, र धनुषाका हाजी संगै नेपाल हज समितिका सदस्य मेराज अहमद हल्वाई र स्वास्थ्यकर्मी सिमा घर्तिमगर खान नेपाल फर्किन लागेको नेपाल हज समितिले जनाएको छ । हजका लागि साउदी गएका नेपाली हाजीहरुको उपचारका लागि ५ जना स्वास्थ्यकर्मीहरु नेपाल सरकारका तर्फ साउदी गएका थिए । नेपाल हज समितिका अनुसार आईतबार एयर अरबियाको बिमानबाट १५६ जना हाजीहरु संगै स्वास्थ्यकर्मी सिमा खान पनि साउदीबाट स्वदेश फर्किन लाग्नु भएको बताइएको छ । सरकारी सेवामा प्रबेश गरेको १५ महिनामा नै नेपाल सरकारको सिफारीशमा हाजीहरुको उपचारका साथै हज गर्न साउदीको मक्कामदीना जाने अवसर पाउनु भएको थियो ।

१० वर्षीय जनयुद्धको द्धन्दबाट प्रभावित रहेकि स्वास्थ्यकर्मी सिमा खानलाई नेपाल हज समितिले हाजीहरुको स्वास्थ्य उपचार सगै हज गर्ने अवसर प्रदान गरेर ठूलो योगदान गरेको छ । स्वास्थ्य सेवामा प्रबेश गर्दाको समस्या निकै कठिन भए पनि हजका लागि साउदी जान पाउनु भाग्यको कुरा भएको मुस्लिम जानकारहरु बताउछन् । नेपाल हज समिति समितिका सदस्य रहमतदिन मियाँ भन्नुहुन्छ,‘विगतका हज समितिले आफना निकटका स्वास्थ्यकर्मीहरुलाई लाग्ने गरे पनि बर्तमान हज समितिले सरकारी स्वास्थ्यकर्मी सिमा संगै अन्य ४ जना दक्ष स्वास्थ्यकर्मीहरुलाई हाजीहरुको उपचारका लागि पठाउदा निकै राम्रो भएको बताउनु भयो ।’

हाजीहरुको उपचारका लागि दैनिक क्यापम संचालन गर्दा हाजीहरुले आफनो समस्या स्वास्थ्यकर्मीहरु संग राख्न पाएको र सहज रुपमा उपचार गराउन पाएको हाजी उसमानले बताउनु भयो । नेपाल हज समितिका अनुसार उच्च स्तरीय निर्णयबाट हाजीहरुको उपचारका लागि नेपाल सरकारको कर्मचारी साउदी जाने प्रथम महिला स्वास्थ्यकर्मी सिमा भएको जनाएको छ । यस भन्दा पहिला उपचारका लागि जाने गैरसरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरु मात्र जान पाएका थिए । वर्तमान नेपाल हज समितिले साउदीमा हाजीहरुको सेवामा हज समितिका अध्यक्ष सगै सदस्यहरुको निकै सक्रियता रहेको थियो । हज समितिले गरेको सत्कारको हाजीहरुले प्रशसा व्यक्त गरेका छन् ।

विगतका हज समितिले गर्न नसकोको काम वर्तमान हज समितिले गरेर देखाएको छ । लामो समय देखि हजको कोटा बढाउने विषयमा पहल भए पनि विगतका हज समितिहरु विफल हुदै आएका थिए तर बर्तमान हज समितिले ३ सय हाजीहरुको संख्या थप गरेर जम्मा १५ सय हाजीहरुलाई उढाउन सफल भएको थियो । हज समिति नेपालबाट २ हजार हाजीहरुलाई पठाउने योजना बनाएको छ । हज समितिका अध्यक्ष सम्शेर मियाका अनुसार २०२० मा नेपालबाट २ हजार हाजीहरुलाई हज पठाउने तयारी गरेको बताउदै साउदी हज मन्त्रालय संग छलफल सुरु गरेको बताउनु भयो । नेपालबाट हज गर्न साउदी गएका १५ सय हाजीहरु बिभिन्न चरणमा गरी भाद्र २६ गते भित्रै नेपाल फर्किने बताइएको छ ।


तपाईको प्रतिक्रिया