नमोबुद्ध – आफैले हस्ताक्षर गरेर ईट्टाभट्टा संचालनको लागि अनुमती । त्यसपछिको विवाद अनि अघिल्लो बर्ष असार २७ गतेको सम्झौतापत्र । २०७६ साल भदौ ८ गते काभ्रेको नमोबुद्ध नगरपालिकाका ८ ओटा ईट्टा उद्योगमा डोजर र क्रेन लगाउने मुख्य पात्र सोही नगरपालिकाका प्रमुख टंकप्रसाद शर्मा(टिपी) यतीबेला चर्चामा छन् ।

नेपालकै इतिहासमा पहिलो पटक उनले ईट्टाभट्टामा डोजर लगाएका छन् । डोजर लगाएसँगै राष्ट्रिय चर्चा बटुलेका उनले आफूले गरेको महान कार्यको भने लुकेर पत्रकार सम्मेलन आयोजना गरेका छन् । त्यो पनि साँझ । उनले किन लुकेर पत्रकार सम्मेलनको आयोजना गर्नु प¥र्याे त्यो खोजीको बिषय बनेको छ । तर त्यसको विपरित व्यवसायीहरुले खुलमखुल्ला बनेपाको उग्रचण्डी वैक्वेन्टमा उद्योग वाणिज्य संघ काभ्रेका महासचिव कैलाश पलाञ्चोके, साना तथा घरेलु उद्योग महासंघका प्रतिनिधी, पत्रकार महासंघ काभ्रेका अध्यक्षसँगै दर्जनौको संख्यामा पत्रकारहरु बोलाएर पत्रकार सम्मेलन आयोजना गरेका छन् । त्यो पनि एकदिन अगावै सूचना प्रवाह गरेर ।

राष्ट्रियस्तरमा चर्चा पाएका मेयरको उच्च आत्मवल भएको अवस्थामा लुकेर र ढिला सूचना दिएर पत्रकार सम्मेलनको आयोजनाहुँदा मनोवल कमजोर बनेका उद्योगीहरुले प्रमाण बोकेर चिम्नी भत्कनुनै नपर्ने अवस्थामा भत्काइएकोमा प्रमुख टिपी शर्मालेनै उनीहरुको क्षतीपुर्ती दिनुपर्ने दावी पत्रकार सम्मेलनमा गरेका छन् । ८ र ९ गते भत्काइएको चिम्नीको पत्रकार सम्मेलन गर्न उनले १० गतेनै उनको परेको जन्मोत्सवको दिन पार्नु नै मेयर शर्माले अझै धेरै प्रचार खोजेको स्पष्ट हुन्छ ।

यसरी भत्कियो चिम्नी
एक बर्षअघि नमोबुद्ध नगरपालिकासँग सम्झौता गरेका व्यवसायीहरुले आवश्यक मापदण्ड पुरा नगरेपछि नमोबुद्ध नगरपालिकाले ईट्टा उद्योगमा डोजर लगाएको उसले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख्य गरेको छ । इट्टा व्यवसायीहरुले चिम्नी जोगाउन विभिन्न हर्कत नगरेका हैनन् । सडकमा स्काभेटर लगाउनेदेखि नाराबारीमा समेत उर्र्तिएका थिए,व्यवसायी । केही व्यवसायीले अश्लिल शब्द समेत जनप्रतिनिधीमाथि प्रयोग गरेपछि प्रहरीले बाँध्य बनेर तीनजना व्यवसायीलाई नियन्त्रणमा समेत लिएको थियो ।
व्यवसायीले सडकमा एस्काभेटर राखेर अवरोध सृजना गरेपनि वैकल्पिक मार्गको निर्माण गरेर भएपनि नगरपालिकाले इट्टा उद्योगमा राखिएका चिम्नी डोजर र क्रेन लगाएर भत्काएको हो । त्यो कार्यको प्रशंसा जनस्तरवाटै भएको छ । तर ईट्टाभट्टा परेको जग्गा समथर बनेको छैन भने केही बर्षको करार सम्झौता बाँकीनै रहेकाले जग्गाको बिषयमा के होला भनेर सर्वसाधारणलाई अन्यौलता भने छाएको छ । नमोबुद्ध नगपालिकाभित्र रहेका ८ ओटा ईट्टा उद्योग संचालनमा रहेकाले क्रमिक रुपमा सोमवारसम्ममा सबै उद्योगको चिम्नी भत्काएको थियो । सोही क्रममा क्षती धेरै हुने भन्दै केही उद्योगीहरुले आफ्नो चिम्नी आफै हटाएका थिए ।

आईतवार पत्रकारसँग खासै बोल्न चाहेका थिएनन् प्रमुख शर्मा तर उनले भने, पूर्व निर्धारित सम्झौता अनुसारनै चिम्नी भत्काएको हो । ‘नगरपालिकाले पटक–पटक अल्टिमेटम दिदा समेत व्यवसायीले इट्टा उद्योग हटाउन चासो नदिएपछि प्रहरी प्रशासनको सहयोगमा इट्टा भट्टा हटाउने कार्य सुरु गरेका हौ’ प्रमुख शर्माले भने । अघिल्लो बर्षको असारमा जिल्ला समन्वय समितिको हलमा काभ्रेको नमोबुद्ध नगरपालिका र सोही नगरपालिकाको भकुण्डेमा संचालन भैरहेका आठ ओटा ईट्टा उद्योगबिचको सम्झौता भएको थियो । त्यो सम्झौतालाई व्यवसायीहरुले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गरेको स्वयम् बताउँदै आएका थिए ।

नमोबुद्ध नगर कार्यपालिकाको बैठकबाट २६ महिनौ पहिलेनै भकुण्डे बजारमा संचालित इट्टा भट्टा हटाउने निर्णय भएपनि व्यवसायीले जबरजस्ती भट्टा संचालन गर्दै आएको आरोप नगरपालिकाले लगाउँदै आएको थियो । एक बर्षअघि नगरपालिकाले व्यवसायीहरुसँग सम्झौता गरेसँगै राजस्व समेत उठाएको थिएन । सत्यनारायण ईट्टा उद्योगका संचालक लक्ष्मण मर्हजनले नगरपालिकाले सम्झौता विपरित आफूहरुलाई सामान हटाउने समय समेत नदिएर एकलौटी रुपमा प्रशासन लगाएर वल प्रयोग गर्नु दुखत रहेको बताउँदै केही समयको माग गरेका थिए । ‘हामीले हटाउँछौ भनेर भन्दा समेत नगरले समय दिएन’ महर्जनले भने,‘ हामीलाई सात दिनको मात्रै म्याद दिएको भए हामी आफैं चिम्नी भत्काउँछौ ।’ उनले नमोबुद्धका मेयरले व्यवसायीहरुसँग कुरानै गर्न नचाहेको बताएका छन् ।

उनले नमोबुद्ध नगरपालिकाले नाकाबन्दी गरेर बाँध्य गराएर सम्झौता गरेको बताए । ‘भारतले नेपाललाई नाकाबन्दी गरेको जसरी कोइलामा ल्याउन नाकाबन्दी गराएर बाँध्य पारेर सम्झौतामा हस्ताक्षर गरेको मर्हजनले बताए । दर्ता प्रक्रिया देखि नै त्रुटी गर्दै अघि बढेका इट्टा उद्योगहरुले आफूले पालना गर्नु पर्ने नियम कानून र पुरा गर्नु पर्ने मापदण्ड नै पुरा नगरी व्यवसाय संचालन गरेका कारण विस्थापित भएको स्थानीय किसानहरुले समेत बताएका छन् । जग्गा भाडामा लिने समयमा सडकको स्तरोन्नती, पानीको व्यवस्था, मन्दिर र चौतारो बनाउने भनेपनि कुनै पनि काममा सहयोग नगरेको किसानको आरोप छ । अब नगरले उद्योग विस्थापन गरेपछि आफूहरुले भाडा वापत पाएको रकम समेत आम्दानी हुनेमा किसान शंका व्यक्त गर्दछन् ।
भकुण्डेमा मात्रै भैरवकुण्ड ईट्टा उद्योग, विन्धवासिनी ईट्टा उद्योग, शिवशक्ति ईट्टा उद्योग, पंञ्चकन्या ईट्टा उद्योग, फुलबारी ईट्टा उद्योग, जयशिवशक्ति ईट्टा उद्योग, सत्यनारायण ईट्टा उद्योग, शंकर ईट्टा उद्योग संचालित छन् । ईट्टा उद्योग हटाउने क्रममा अवरोध सृजना गरेको भन्दै प्रहरीले राम सुवाल, किशोर दाहाल र राजन भैनालोलाई नियन्त्रणमा लिएर छाँडेको थियो । काभ्रेमा संचालित भैरहेको उद्योगलाई स्थानीय सरकारकै पहलमा भत्काएको यो पहिलो घटना हो । नमोबुद्धमा ईट्टा उद्योग हटाउने निर्णयसँगै पाँचखाल र मण्डनदेउपुरमा संचालन भैरहेका उद्योगलाई हटाउन आवश्यक रहेको स्थानीयले माग समेत गरेका छन् । ईट्टा उद्योग हटाउन दर्जनौको संख्यामा प्रहरी र शसस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो ।

व्यवसायीको रोदन
भकुण्डेमा ईट्टाभट्टा संचालन गरेका उद्योगीहरुमा मपाईत्व ज्यादा थियो । सोही कारणले कोही कसैलाई सहयोग गर्ने उनीहरुको परम्परानै थिएन । तर चिम्नीमा डोजर लागेसँगै उनीहरुमा रोदन सुरु भएको छ । उनीहरुले यतीबेला अदालतदेखि पत्रकारलाई न्याय दिन माग गरेका छन् । ८ गते डोजर लागेपनि उनीहरुले १२ गतेमात्रै बनेपामा पत्रकार सम्मेलनको आयोजना गरेका छन् । आफ्नो १० करोडको क्षती पुगेको भन्दै व्यवसायीहरुले नगरको कदमले भएको क्षतिपुर्ती उपलब्ध गराउन आव्हान गरेका छन् ।

नगरपालिका सबैको अभिभावक रहेकाले संविधानको मौलिक हकको समेत नगरले अपहेलना गरेको बताएका छन् । काभ्रे ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष जितेन्द्र खायमलीले हस्ताक्षर गरेको विज्ञप्तिमा दक्षिण एशियाकै उत्कृष्ट प्रविधी आफूहरुसँग रहेको दावी गरेका छन् । चिम्नीवाट धुवा धुलो नउठेको समयमा ईट्टा उद्योग संचालनै नभएको समयमा डोजर चलाउनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बाँध्य भएर डोजर चल्यो नगरपालिका
आफूहरुले पटक पटक ताकेता गर्दा समेत र अघिल्लो बर्षमा भएको सम्झौता अनुसारनै व्यवसायीले काम नगरेपछि बाँध्य भएर डोजर चलाएको प्रमुख टिपी शर्माले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

चिम्नी भत्कदैमा बन्द होला र ईट्टाभट्टा ?
यसको उत्तर कोहीसँग पनि छैन । नगरपालिकाले ईट्टाभट्टा हटेको दावी गरेको छ भने व्यवसायी अदालत गएका छन् । अदालतको निर्णयकै आधारमा अब अन्तिम फैसला हुनेछ । जानकारहरु चिम्नी भत्कदैमा बन्द हुने अवस्थामा ईट्टाभट्टा नपुगेको दावी गर्छन् ।

हरियाली क्षेत्रमा प्लटिङ र व्लक उद्योग
‘ईट्टा उद्योग हटाएर हरियाली क्षेत्र बनाउने र त्यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत आलु सुपर जोनको रुपमा सो क्षेत्रलाई विकास गरिने छ’ भनि मेयर शर्माले विगतदेखिनै यो बिषयलाइ उठाउँदै आएका थिए । तर उनले भनेको हरियाली क्षेत्र पछिल्लो समय जग्गा दलालहरुको अखडा बनेको छ ।
घरहरु धमाधम निर्माण भैरहेका छन् । उनले जुन उदेश्यले ईट्टा उद्योग हटाए सो लक्ष्य पुरा गर्ने तर्फ नगर आफै अघि बढेको देखिदैन । सोही क्षेत्रमा मेयर शर्माले ब्लक ह्यूम पाइप निर्माण गर्ने उदेश्यको उद्योग स्थापनाको लागि यही भाद्र १३ गते एक कम्पनीलाई सिफारिस दिएका छन् । हरियाली क्षेत्र भनेर सुगा रटान गर्दै आएका मेयर शर्माको दिवा स्वप्न मात्रै देखिन्छ ।


तपाईको प्रतिक्रिया