चलचित्र ‘छ माया छपक्कै’को प्रदर्शन मितिसँगै पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रलाई असोजको २४ गतेबाट रिलिज गर्ने जानकारी सार्वजनिक गीतमा नै दिइएको छ । योसँगै दशैंको टिकापछि मात्र चलचित्र रिलिज हुने पक्का भएको छ ।
चलचित्रमा समावेश ‘जुनको जुनेली’ बोलको गीत पनि सार्वजनिक भएको हो । बसन्त थापा र मिना निरौलाको स्वर, बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । लोक शैलीमा रोमान्टिक तरिकाले तयार पारिएको गीतमा मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, वुद्दि तामाङ लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।