आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै शुक्रबार बुबाको मुख हेर्ने दिन मनाइँदैछ ।

अन्धकाररुपि संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई छोराछोरीहरूले मनपर्ने विभिन्न खानेकुरा , लत्ताकपडालगायतका विभिन्न वस्तुहरू दिँदै बुबाको सम्मान गर्ने गर्दछन् । भाद्र कृष्ण आंैशी कुशे आंैशीका आफ्ना बाबुको सम्मान गरिने परम्परा छ । यो दिन बाबु हुनेहरूले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बुवालाई पिता , बाबा , तात ड्याडी , पापा आदि शब्दले पनि चिनिन्छ ।

यो दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा शास्त्रले बर्णन गरेको छ । महŒवपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण  गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ । आंैशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । यसरी बुवालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई , लड्डु , तथा विभिन्न खाद्यपदार्थ ख्वाउने चलन छ ।

पिता जीवित हुनेहरूले पितालाई मीठा­मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाह भएका महिलाले आफ्ना माइतमा गएर बुबाको मुख हेरी आर्शीवाद लिने गरेका छन् । बुवा भएर पनि टाढा टाढा रहेकाले भने यस दिन आफ्ना बुवालाई टेलिफोन तथा विभिन्न सामाजिक इमेल, स्काइप , फेसबुकलगायतका विभिन्न सन्जालमार्फत सम्झने र कुराकानी गरेर आर्शीवाद लिने चलन नेपाली समाजमा बढेको छ । घरमा रहेकाले बाबुलाई भेटेरै आर्शीवाद लिने गर्छन् ।

बुवा भनेका पछिल्ला पुस्तालाई संसारको अवस्था बुझाउने र कर्म गर्न सिकाउने भएकाले यिनको महŒव धर्म संस्कृतिमा मात्र नभई आधुनिक समाजमा असाध्यै बढी छ , संस्कृतिविद् डा. वीणा पौडेल भन्छिन् , दःुख कष्ट झेलेर भए पनि आफ्ना सन्तानको लालनपालन र उचित मार्ग दर्शन गर्न बुवाले प्रेरणा दिने गरेका हुन्छन् । गलत बाटोमा लाग्न नदिन सुझाव दिने, सहयोग गर्ने, खुसीमा साथ दिने, दःुखमा पनि साथ दिएर त्यसबाट बाहिर निस्कन मद्दत गर्नेलगायतका काममा पछिल्लो समय पिताको भूमिका रहन्छ , उनले भनिन् ।


तपाईको प्रतिक्रिया