बेथानचोक – हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर परेर बेथानचोक गाउँपालिकाको स्थानीय तथा राष्ट्रिय कलाकारले तिज विशेष कार्यक्रम आउदो १४ गते गर्न लागेका छन् ।

महिलाहरुको महान पर्व हरितालिका तिज आउन केही दिन मात्र बाँकी रहदा बेथानचोक गाउँपालिकाको कलाकारले अरु गाउँपालिका तथा नगरपालिकाको कलाकारले आयोजना गर्ने नसकेको काम बेथानचोक गाउँपालिकाको कलाकारले गर्दै छ्न ।

तिज लाई माध्यनजर गर्दै “बेथानचोक तिज धमाका २०७६” कार्यक्रम आयोजना गरेका छन् । स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारहरुको पनि सहभागिता रहने कार्यक्रमको आयोजक टिमले जानकारी दिएको छ ।

भगवान खत्री, बिक्रम गौतम, मानव राज, पाल्देन लामा, अशोक तामाङ, अमर कृष्ण चन्द, सोनिया डिसि र गणेश केसि लगायतका चर्चित कलाकारको साथमा स्थानीय प्रतिभाहरुको बेजोड प्रस्तुति रहनेछ ।

कार्यक्रम यहीँ भदौ १४ गते शनिबारका दिन श्री कालिका मा.बि बेथानचोक गाउँपालिका ४ पटिखर्कमा हुन लागेको हो ।


तपाईको प्रतिक्रिया