धुलिखेल – काभ्रेको भुम्लु गाउँपालिका-१० साखिनडाँडामा राती १२ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रे रोशी गाउँपालिका-५ पेप्टा घर भई हाल भुम्लु गाउँपालिका-१० साखिनडाँडा बस्ने लाल बहादुर बि.क. रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी दिपक गिरीले बताउनुभयो ।

दिनभरी काम गरेर थकित भएका बि.क. बेलुका पख भिम बहादुर बिकको घर भित्र टि.भी. हेरी रहेको अबस्थामा अचानक चट्याङको आवाजले बेहोस भएर हस्पिटल ल्याउने क्रममा बि.क. मृत्यु भएको प्रहरीले बताए ।

घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी गिरीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया