भुम्लुटार – काभ्रेको कोशीपारिमा रहेको भुम्लु गाँउपालिका–८ का महिलाहरुले तिजमा लोकगित गाएका छन् । वडा नं ८ ले तिजको अवसरमा लोकगित प्रतियोगिता आयोजना गरेको हो ।

सयौं महिलाहरु सो प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा ६ ओटा प्रतियोगि समुहरुले सहभागिता जनाएका थिए भने अरु धेरै महिलाहरुले सन्देशमुलक गितहरु समेत गायका थिए । सो कार्यक्रमको प्रमुख अतिथी थईन् गाँउपालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठ । उनले महिलाहरुले सन्देशसँगै आफ्ना अधिकारका कुरा गित मार्फत जानकारी दिने गरेको सुनाइन् । सो अवसरमा अधिकाशं समुहहरुले बाल तथा माृत स्वास्थ्यको चर्चा गरेका थिए ।

शहरमा तिज भड्किलो बन्दै जाँदा गाँउमा भने अझै सचेतना जगाउने गतिलो माध्यम बन्दै आएको छ । सिमान्तकृत माझीसँगै पहरी जातीको बाहुल्यता रहेको भुम्लु गाँउपालिकाको समस्याको रुपमा शिशु मातृ मृत्युदर जोगाउन वडा नं ८ भुम्लुटारले वडा स्तरिय अन्तर महिला समुह लोकगित प्रतियोगितामा महिलाहरुले स्वास्थ्यको सचेतना जगाउने गितहरु गाएका हुन् । तिज हाम्रो बर्षभरीको पिडा सुनाउने माध्यम हो त्यसैले गाँउका समस्याहरु गित मार्पmत सबैलाई बुझाउने प्रयास थालेका हौ’ स्थानीय उर्मिला बरायलीले भनिन् । गाँउपालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठले महिलाहरुलाई एक बर्षमा भेला गराएर उहाँहरुको समस्या बुझ्ने समाधान गराउने उदेश्यले सन्देशमूलक लोकगित प्रतियोगिता आयोजना गरिएको बताईन् ।

भुम्लु गाँउपालिका वडा नं ८ का अध्यक्ष मोतिलाल लामाले आफ्नो वडाका महिला दिदी बहिनीहरुलाई एकै ठाँउमा भेला गराएर उहाँहरुका खुसी र दुखका कुरा सुनाउने प्लेट फार्मको रुपमा तिजलाई लिएर कार्यक्रम आयोजना गरेको बताए । बडाभरीका ६ ओटा महिला समुहले सो प्रतियोगितामा भाग लिएका थिए । उत्कृष्ट समुहहरुलाई वडाले नगद सहित सम्मान समेत गरेको थियो ।


तपाईको प्रतिक्रिया