धुलिखेल  – अदालतबाट सजायँ तोकी कैद भुक्तान गर्न बाँकी रहेका काभ्रे जिल्लाका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका प्रतिवादीहरुलाई प्रहरीले जिल्ला अदालत, काभ्रे र महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको छ । पक्राउ पर्नेहरुमा जबरजस्ति करणी अभियोग लागेका मण्डनदेउपुर न.पा. वर्ष ३१ को राम ब। लामा, अपहेलना मुद्दाका रोशी गाउँपालिका वडा नं. १ का वर्ष ५९ का बेतमान तामाङ रहेका छन ।

उनलाई ६ दिन कैद र ५ सय रुपैया जरिवाना तोकिएको थियो । त्यस्तै पक्राउ पर्नेमा पाँचखाल न.पा. वडा न. ८ होक्सेका वर्ष ३१ को कुमार तामाङ रहेका छन । उनलाइ चोरी मुद्दामा ४ महिना ८ दिन कैद र ७८ हजार ९ सय जरिवाना तोकिएको थियो ।

प्रहरीले कुटपिट मुद्दामा रोसी–८ की ४५ वर्षिय सुन्दरी तामाङ र होसिला तामाङलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई लाई १६ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।


तपाईको प्रतिक्रिया