सेरेना विलियम्स यूएस ओपन टेनिसको दोस्रो चरणमा पुगेकी छन् ।
न्यू योर्कमा जारी प्रतियोगितामा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी सेरेनाले पूर्व विश्व नम्बर एक मारिया सारापोभालाई २–० को सहज सेटमा हराइन् ।
सारापोभाविरुद्ध पाँच एसेज प्रहार गरेकी सेरेनाले पाँचवटा ब्रेक पोइन्ट जितेकी थिइन् । उनले ६–१ र ६–१ को सहज जित निकालिन् ।