ला लिगाको नयाँ सिजन हारबाट सुरुवात गरेको बार्सिलोनाले कप्तान लियोनन मेस्सीलाई दोश्रो खेलमा बेन्चमा राखी खेलाउने भएका छन् ।

तीन साता अघि चोटग्रस्त मेस्सी केही दिन अघि मात्र अभ्यासमा फर्किएका हुन् । शतप्रतिशत फिट नभएकाले उनलाई धेरै जोखिम नमोली बेन्चमै राखी मेस्सीलाई सुरुवाती ११ मा नराख्ने स्पेनिस सञ्चारमाध्यमले जनाएका हुन् ।

आफ्नो घरेलु मैदान क्याम्प नोउमा आइतबार राती वा सोमबार बिहान १२स्४५ हुने रियल बेटिसविरुद्द्को खेलमा मेस्सीलाई जोखिममा राखी बेन्चमै राख्ने प्रशिक्षक इर्नेस्ट्रो भाल्भड्रेले बताएका छन् ।

रिपोर्ट्स अनुसार मेस्सीले मेडिकल टिमबाट ूअल क्लियरेन्सू प्राप्त गरेका छैनन् । यस अर्थमा कि मेस्सी शतप्रतिशत चोटमुक्त भएका छैनन् । बार्सिलोनाको मुख्य खेलाडी लुइज स्वारेज र डेम्बेले घाइते भएकाले आफ्नै घरेलु मैदानमा मेस्सीलाई उतार्न दबाब बढेको छ भने उक्त खेल बार्सिलोनाले जित्नैपर्नेछ ।


तपाईको प्रतिक्रिया