महादेवस्थान – सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीको नेतृत्वमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मुख्य बजार कुन्तावेशीको बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग डिभिजन कार्यालय, गुण तथा खाद्य कार्यालय धुलिखे,जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघसँगै पत्रकार सहभागी टोलीले पहिलो पटक बजार अनुगमन गरेको हो । पछिल्लो समय गाँउ–गाँउमा अखाद्य तथा म्याद गुज्रिएको सामानहरुको बिग्री वितरण भएको सूचनाको आधारमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेशी बजारको अनुगमन गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी पुरीले बताए ।

पहिलो चरणमा सन्देश दिने हिसावले बजार अनुगमन गरेको खाद्य तथा गुण नियन्त्रण विभाग धुलिखेल कार्यालयका प्रमुख शिव भण्डारीले बताए । ‘ पसल दर्ता गरेर संचालन भएको छ की छैन मूल्य सूचीको टाँस गर्ने उदेश्यले बजार अनुगमन गरेका हौ’ भण्डारीले भने । घरेलु उद्योग काभ्रेका प्रमुख केशव पुडासैनीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता ठगिने क्रम रोकियोस् भनेर बजार अनुगमन गरिएको बताए । उनले काभ्रेका सानादेखि ठूलासम्म बजारहरुमा अनुगमन गरिने समेत बताए ।

काभ्रेको मण्डनदेउपुरको बजार अनुगमनमा म्याद गुज्रिएको सामानहरु फेला परेका, मूल्य सूची नभएको,होटलहरुमा अखाद्य रंङ्गहरु फेला परेको थियो । ‘ पहिलो पटक सचेत पारेर छाँडिएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी पुरीले भने । बजार अनुगमनमा स्थानीय व्यापारी र जनप्रतिनिधीहरुले समेत सहयोग गरेका थिए । केही समयअघि काभ्रेको भुम्लु गाँउपालिकाको दोलालघाट बजारमा समेत बजार अनुगमन गरिएको थियो । ‘बजार अनुगमनलाइ जिल्लाव्यापी रुपमा अघि बढाईने छ’ अनुगमनमा सहभागी घरेलु उद्योग काभ्रेका प्रमुख केशव पुडासैनीले बताए ।

सुरुमा खाद्य तथा गुण नियन्त्रण कार्यालयमा सम्बन्धित बजारमा पुगेर तालिमहरु संचालन गर्ने र सो कार्यान्वयन भए÷नभएको हेर्नको लागि समय समय–समयमा अनुगमन गर्ने गरेको छ ।
एकातिर शुद्धता कायम गराउन र अर्काेतिर दर्ता गरेर मात्रै व्यवसाय संचालनको योजना रहेको अनुगमनमा सहभागीहरुले बताएका छन् ।


तपाईको प्रतिक्रिया