झापा – निर्माणाधिन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राईको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापाका अनुसार बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड–३ सैनिक मोडमा रहेको मेची आँखा अस्पताल नजिकै खनिएको नालीमा डुबेर महिलाको मृत्यु भएको हो ।

महिला नालीमा कसरी डुबिन ? भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । नालीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शव उठाउन खोज्दा स्थानीयले दिएका छैनन् । सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध भएकाे थियाे । सडक डिभिजन कार्यालय दमकका कर्मचारी आएपछि छलफल गरेर मात्र शव उठाउने स्थानीयकाे माग छ ।


तपाईको प्रतिक्रिया