धुलिखेल – इन्द्रावति नदीले बगाउँदा सर्लाहिका राधेश्याम राउत बेपत्ता भएका प्रहरीले जनाएका छन् ।

काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १० बाट इन्द्रावती नदीमा पौडी खेल्न जादा सर्लाहिको गडैता नगरपालिका वडा नम्बर ११ माधवपुरका २५ बर्षीय राउत बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कभ्रेको डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

नुहाउन इन्द्रावती नदीमा गएका राउत बेपत्ता भएको हो । बेपत्ता राउतको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी गिरीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया