रुकुम – भेरी नदिमा माछा मार्न गएका एक युवा बेपत्ता भएका छन् । जिल्लाको चौरजहारी नगरपालिका –१ का १९ वर्षीय विजय बादी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बादी मंगलबार दिउँसो भेरी नदीमा माछा मार्न गएका थिए। नदीमा डुबेर बेपत्ता उनको खोजी भइरहेको आफन्तले जनाएका छन् ।


तपाईको प्रतिक्रिया