काठमाडौं – नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

नेकपाले मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।

बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारुी बाँडफाँडका विषयमा टुङ्गो लगाउने विषयमा छलफल हुने कार्यसूचि छ ।


तपाईको प्रतिक्रिया