बनेपा – नेपाल सरकारका प्रवक्ता एंव सूचना तथा संञ्चार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले भ्रष्टाचारलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् ।

बनेपामा नेकपा निकट निर्माण व्यवसायी संगठन काभ्रेको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भ्रष्टाचार गर्नेको अनुहार सरकारले नहेर्ने बताएका छन् । ‘सरकार भष्टाचार बिरुद्ध निर्मम छ, कमरेड पनि भनिदैन, मन्त्री पनि छोडिँदैन, नेता पनि छेडिँदैन’ उनले निर्माण व्यवसायीहरुलाई भने ‘तपाईंहरु पनि संकल्प गर्नुस्, नियम पु¥याएर जानुस्, कसैले गडबडको कुरा गर्छ भने तत्काल सरकारलाई सूचना दिनुस् सरकारले कारवाही गर्छ ।’

मन्त्री बाँस्कोटाले निर्माण व्यवसायीले नमिलेको फाइल मिलाउन बाङ्गोटिङ्गो बाटो हिँडेर अफिसपछि के छ सर चिया खाँउ भनेर भष्टाचारलाई प्रोत्साहन गरेको बताए । उनले निर्माण व्यवसायीहरुलाई आफ्नो कागजपत्र मिलाउन सक्ने क्षमता विकास गर्न समेत आग्रह गरे । ‘मेरो कागजपत्र मिलेको छ भनेर लिएर जानुस् न’ उनले आग्रह गरे ।

‘देशको ठुला आयोजनाहरु केहि निर्माण व्यवसायीको हातमा मात्र रह्यो भने राष्ट्रिय आयोजनाहरुको बिकास कस्तो हुन्छ ?’, मन्त्री बाँस्कोटाको प्रश्न थियो । राष्ट्रको ठुला आयोजनाहरु निश्चित कम्पनीको हातमा मात्रै नहुने मन्त्री बाँस्कोटाले बताए । केही निर्माण व्यवसायीहरु समयमा काम नगर्ने म्याद थप मात्र गरिरहने परिपाटीबाट अव मुक्त हुनुपर्ने मन्त्रीले जोड दिए । कुनैपनि काम समयमानै सम्पन्न हुनुपर्ने हो भने हुनुपर्छ तर ठुला आयोजनाहरु म्याद मात्र थपिरहने काम देश र जनतामाथिको यातना भएको उनले बताए ।

कार्यक्रममा नेकपा संसाद नविना लामा, गंगाबहादुर दोङ, प्रदेश सासंद चन्द्र लामाले निमार्ण व्यवसायिहरु इमान्दार पुर्वक काममा लाग्नु पर्नेमा जोड दिए । उक्त एकता भेला बाट निर्माण व्यवसायी प्रल्हाद चौलागाईको संयोजकमा १७ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको छ ।


तपाईको प्रतिक्रिया