चितवन – रवि लामिछानेसहित ३ जनालाई रिहाको माग गदै जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा भएको छ । शुक्रबार साँझ प्रहरी चैकि बाहिरबाट चौकी भित्र ढुंगामुढा गरेको हो ।

आन्दोलनकारीको ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका छन् । चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए ।

रविको समर्थनहरुले आज विहानदेखि नाराबाजी सहित विरोद्ध प्रदर्शन गरेका थिए । उनिहरुलाई थप अनुसन्धानको लागि प्रहरीले जिल्ला अदालतबाट ५ दिन म्याद गरेको छ ।


तपाईको प्रतिक्रिया