बनेपा – नेत्र विक्रम चन्द्र (विप्लव)ले नेतृत्व गरेकाे समूहका कार्यकर्ताकर्ताहरुले सत्तापक्ष नेकपालाई रोजेका छन् ।

जिल्लाकाे विभिन्न गतिविधिमा विप्लव समूहबाट संलग्न रहेका सुन्दर रायमाझी, अनिल रायमाझी, नकुल परिवार र नरेन्द्र तामाङ आज सत्तापक्ष नेकपाको पार्टी कार्यालय बनेपामा एक कार्यक्रमका बीच प्रवेश गर्दै गरेको नेकपाकी अध्यक्ष रुकु चौलागाइले जनाएकी छिन् ।

उनीहरुलाई केही दिनअघि प्रहरीले गिरिफ्तार गरी धुलिखेलममा राखेको थियो । स्राेतका अनुसार उनीहरु धुलिखेलबाट सिधैं पार्टी कार्यालय पुगेर प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


तपाईको प्रतिक्रिया