काठमाडों – नेपाल कम्युनिष्ट पार्टी नेकपाको बालुवाटारमा बसेको बैठकले ३३ विभागको जिम्मेवारी टुंग्याएको हो ।

आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लामो समयदेखि विवादमा रहेको स्कूल विभागको विवाद समेत टुङ्याएको हो ।

बैठकले स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलाई जिम्मेवारी तोकेको छ भने संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम लाई दिएको छ । बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधव नेपाललाई दिएको छ ।

त्यस्तै बैठकले प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई दिएको छ भने झलनाथ खनाललाई नीति प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ ।
बैठकले प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया