धुलिखेल – धुलिखेल स्थित सन्जीवनी चोकमा एक युवा माथि खुकुरी प्रहार गरेको छ ।

विहिबार धुलिखेल नगरपालका वडा नं. ८ निवासी २८ वर्षिय सिताराम तामाङ माथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गर्ने सोही वडा बस्ने बर्ष १८ को सत्यमान तामाङ र पाँचखाल नगरपालिका वडा नं. ५ बस्ने बर्ष २२ का गणेश ब. तामाङले खुकुरी प्रहार गरेको जिल्ला प्रहारी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताउनुभयो ।

घाइते सिताराम काठमाण्डौ जाने क्रममा धुलिखेल न.पा ७ सन्जीवनी चोकमा हिडीरहेको अबस्थामा बा.३८ प. ६७०३ नम्बर को स्कुटीमा आई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

घाइते तामाङ टाउको र बाँया कोखामा चोट पुगेको छ । घाइतेलाई धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको छ भने खुकुरी प्रहार गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको गिरीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया