न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेल र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रविलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् ।चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा रवीलाई चितवन लैजान लागेको बताइएको छ ।

पत्रकार लामिछाने र कँडेललाई केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनी र सो घटनाका बारेमा बुझ्न नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया