तेमाल – तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै गाउँपालिकाको केन्द्रमा अवस्थित नारायणको मन्दिर परिसरमा जनैपूर्णिमाको अवसरमा परापूर्वकालदेखि नै जनैपूर्णे धार्मिकजात्रा हुने गरेका कारण स्थानीय बासिन्दाको उल्लेय सहभागिता रहने भएकाले बिहीबार सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बताए ।

नारायणस्थानमा लाग्ने धार्मिकजात्रा तेमालको सांस्कृतिक पर्वकै रुपमा विकास हुँदै गएको र तेमाललगायत छिमेकी जिल्लाबाट भक्तजनको उपस्थिति हुने भएकोले बिदा गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।


तपाईको प्रतिक्रिया