दोलालघाट – ठेक्का आफूले पाउने माग राख्दै भुम्लु गाँउपालिकामा माझी समुदायले सुनकोशी बगरको ठेक्का आफूहरुले पाउने माग गरेका छन् ।

सामाजिक संञ्जाल र केही अनलाईनले ठेक्कानै खारेजीको माग गरेको भनेर प्रचार गरिएपनि माझीहरुको संस्था माझी ईम्पावरमेन्ट युथ एशोसिएनले आफूहरुले ठेक्का पाउनु पर्ने ज्ञापनपत्र पेश गरेका हुन् । उनीहरुको मागहरु सुनकोशीको बगर तुरुन्तखोली हामीहरुलाई देउ, बन्द गरेको सिम्लेबगर, गिरीघाट बगर, रिठ्ठेबगर र घट्टखोला बगरको टेण्डर खोली हामीलाई देउ, माझी जातीको रोजगारीको सुनिश्चितता गर, अनावश्यक प्राकृतिक स्रोतको दोहन बन्द गर, रोजगार खोस्न पाइदैन नयाँ ठेकेदार चाहिदैन,हामी बस्तीमा रोजगार हामीले पाउनु पर्छ, खोल्न लागेको बाँधा बगर ठेक्का हामीलाई देउ, माझी जातीको उत्थान गर्नैपर्छ, सार्वजनिक सम्पत्तिको सुरक्षा गर, माझी जात एकै होउ लगायतका माग राखेका हुन् ।

उनीहरुको मागमा सुनकोशीको बगरको अधिकार आफूसँग भएको बताएका छन् । उनीहरुको माग बुझ्दै गाँउपालिका अध्यक्ष गुमानध्वज कुंवरले विधी र प्रकृया अनुसार गाँउपालिका संचालन हुने बताए । उनले टेण्डर समेत विधी र प्रकृयाको आधारमा भएको बताए । उनले सबै समुदायको मागलाई गाँउपालिकाले सम्बोधन गर्ने बताए ।


तपाईको प्रतिक्रिया