नुवाकोट – नुवाकोटको कोल्फुखोलाले बगाउँदा साेमलबार दुईजनाको ज्यान गएको छ ।

खोलामा पौडी खेल्न जाँदा बगेकी नुवाकोटको ककनी गाउँपालिका ओखरपौवाकी १३ वर्षीया बिनिता बलामी र बालिकालाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका-७ की लक्ष्मी तामाङको ज्यान गएको हो ।

पौडी खेल्न गएकी बिनितालाई खोलाले बगाएको देखेपछि खोला किनारमा बालुवा चालिरहेकी लक्ष्मी बचाउन जाँदा उहाँलाई पनि खोलाले बगाएको र दुवै जनाको शव साेमबार राति भेटिएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया