धुलिखेल – जिल्लाको धुलिखेल न.पा. ६ धुलिखेल अस्पताल चोक बाट प्रहरीले पाँच जुवाडेलाई नियन्त्रयणमा लिएको छ ।

धुलिखेल अस्पताल चोकमा रहेको रिना केसीको होटल अवैधरुपमा जुवातास खेलि रहेको छ भन्ने गोप्य सूचना आएपछि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी टोली खटि ५ जुवा खेलिरहेका जुवाडेहरु र दश थान तासबुक र नगद ९३ हजार चार सय ३० रुपैया प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

अवैधरुपमा जुवातास खेलिरहेका धुलिखेल ६ बस्ने राम पराजुलि, प्रशान्त श्रेष्ठ, अशोक श्रेष्ठ, धुलिखेल ९ का दिपक तामाङ र भक्तपुर ६ बस्ने गणेश कारन्जितकारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुान्धान गरिरहेको डिएसपी गिरीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया