धुलिखेल – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय प्रशिक्षण विभागले आयोजना गरिएको २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज बाट धुलिखेलमा सुरु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्ति ‘आपत्तिजनक’ भएको तर्क गरेका छन् । सो कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नागरिकको हैसियतमा रहेका पूर्वराजालाई पूर्वप्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति ‘आपत्तिजनक, संविधाननको मर्म्विपरीत भएको बताए । ‘दुई पटक प्रधानमन्त्री भइसकेका, महत्वपूर्ण पार्टीको अध्यक्षको त्यो अभिव्यक्तिको भाषा र शैली उपयुक्त भएन,’ अध्यक्ष थापाले भने ।

नेपाली राजनीतिका ‘केन्द्रीय पात्र’ दाहालले कांग्रेस र एमालेलाई आफ्नो सिद्धान्तबाट च्युत गराउन सफल भएको तर्क गर्दै उनले सिद्धान्त च्युत गर्न नसकेको एकमात्र पार्टी राप्रपा भएको दाबी गरे । २०७६ साललाई संगठन वर्ष घोषणा गरेको राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियानका साथै २०७६ मंसिरमा राष्ट्रिय स्वाभिमान यात्रा र गाउँ फर्क अभियान सञ्चालन गर्ने भएको थापाले बताए ।

उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ७ प्रदेशबाट ६० जनाको सहभागिता जनाएको छ । पार्टी अध्यक्ष थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटि इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन् ।


तपाईको प्रतिक्रिया