बनेपा – जिल्लाको बनेपा नगरपालिका-१ नाला टुकुचामा ४१ महिने बालकको करेन्ट लाग्दा मृत्यु भएको छ ।
पानी तान्ने मोटरको तार खेल्ने क्रममा ४१ महिने रिदेश श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताउनुभयो ।
बिहीबार बिहान करेन्ट लागेको बालकलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।
बालकलाई बनेपामा स्थित शीर मेमोरियल अस्पतालमा पोष्टमार्टमको लागि लगिएको भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया