चितवन – नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब साढे २ बजे  वीरगञ्जबाट काठमाण्डाैका लागि हिँडेकाे ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।  इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भएर सडकबाट ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ ।

ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया