बागलुङ – तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ ।

अविरल वर्षापछि आइतबार राति १ बजे तिर आएको पहिरोले लामेलामा घर पुरिँदा स्थानीय ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० वर्षीया अन्सारी सिर्पाली र १२ वर्षीय प्रविण सिर्पालीको ज्यान गएको वडा नम्बर ४ का वडाध्यक्ष उदिन छन्त्यालले जानकारी दिनुभयो ।

पहिरोले अन्य ९ वटा घरमा क्षति पर्‍याएको उहाँले बताउनुभयो । पहिरोमा पुरिएका ७ जनाको स्थानीय र प्रहरीले उद्धार गरेको र घाइतेको अवस्था सामान्य रहेको स्थानीय बसन्त घर्तीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया