धुलिखेल – काभ्रे जिल्लामा आज (आइतबार) भएको छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

अरनिको राजर्माग अन्तर्गत बनेपा नगरपालिका १० जनागालमा साँगातर्फ जाँदै गरेको बा ५७ प ९५६९ नम्बरको मोटरसाईकललाई विपरित दिशातर्फबाट आएको बा १७ च ८११२ नम्बरको जीपले ठक्कर दिदाँ मोटरसाईकल चालक बनेपा नगरपालिका १२ का २१ वर्षीय रविन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेको डि एस पी दिपक गिरीले जानकारी दिनुभयो ।

सोही दिन साँगाबाट बनेपा तर्फ जाँदै गरेको बा ९९ प ३३९७ नम्बरको स्कुटरलाई सोही दिसातर्फबाट आइरहेको बा ६ ख ७३१५ नम्बरको ट्रकले ठक्कर दिँदा परिचय खुल्न नसकेको एक पुरुषको मृत्यु भएको गिरीले बताउनुभयो ।

त्यस्तै विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका गिम्दीबेसीमा काठमाडौंबाट मंगलटार तर्फ जाँदै गरेको ना ६२ प ७३१६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा कालिसिद्धि गण बर्दिबासमा कार्यरत हवल्दार ३५ वर्षीय भोजनारायण श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया