तामाघाट – खानाको पारखीहरुलाई अब पाँचखालमै खाना र राम्रो बासको व्यवस्था सहितको पाँचखालमै होटल टप टाउन लज एण्ड नेपाली चुहो खुलेको छ । पाँचखालको अरनिको राजमार्गमा जोडिएको पुफा खेलमैदानसँगै सो होटल खुलेको हो । पाँचखालका केशवराज गिरी, हेमराज गिरी, प्रभुराज गिरी मिलेर होटल साउन २ गतेवाट सुरु गरिएको हो ।

होटलमा एसी तथा नन एसी रुमसँगै पाँचखालमै एकै पटक एक सय ५० जनालाई खाना खुवाउन सक्ने होटल स्थापना भएको हो । स्थापनाको छोटो समयमै होटलले निक्कै लोकप्रियता कमाएको छ । तीनैजना युवाहरु खाडी मुलुकमा होटलमा पुगेर काम गरेका थिए । उनीहरुले काठमाण्डौंमा समेत होटल तथा रेष्टुरेन्ट संचालन गरेका थिए । काभ्रे जिल्लामै खाना र खाजा खाने र राम्रो बास्स्थान भएको ठाँउ पाँचखालमै छ भनेर देखाउने र सेवा दिने उदेश्यले होटल सुरु गरेको संचालक प्रभुराज गिरीले बताए ।

पाँचखालमा समेत चिसो एसीमा बसेर खाना र खाना खान सकिन्छ भनेर देखाउन होटल संचालन भएको बताए । काठमाण्डौं शहरमा पाइने सेवाहरु गाँउकै होटलहरुमा संचालन गर्ने उदेश्यले पाँचखालमा सेवा सुरु गरेको प्रभुराज गिरीले बताए । देश विदेशमा पुगेर काम गरियो, अब आफ्नो गाँउमा आएर सेवा दिने उदेश्यले काम सुरु गरेका छौ उनले भने ।

काभ्रेको पाँचखालमा होटल टप टाउन लज एण्ड नेपाली चुलो संचालन भएसँगै पाँचखाल क्रमशः व्यापारिक नगरीको रुपमा विकास हुन लागेको प्रष्ट भएको छ । पाँचखालमै थकालीको स्वादसँगै आवश्यकता अनुसारको स्वाद प्रदान गरिने होटल संचालकहरु छन् । बढ्दो शहरीकरणसँगै पाँचखालमा सुविधा सम्पन्न खाना तथा खाजासँगै उपित बासको प्रवन्ध भएको होटल संचालन भएको हो । अब राम्रो होटलको अभावमा धुलिखेल र काठमाण्डौ जाने अवस्थाको अन्त्य भएको उद्योग वाणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्कीले बताए ।

सो होटलमा खाना तथा खाजाको सबै परिकारका साथै बस्ने सुविधा समेत प्रदान गरेको छ । काभ्रेको पाँचखाल अरनिको राजमार्गमै रहेको सो होटल संचालनमा आएसँगै भिडभाड देखिन थालेको छ । सस्तो र सरल मूल्यमा आफ्नै आँगनमा थकाली स्वाद लिन पाउने भएपछि पाँचखाल उपत्यका र आसपासका स्थानीयहरु खुसी भएका छन् । संचालक गिरीले एक पटक आफ्नो होटलमा आएर सेवाको अवसर दिन सबैमा अनुरोध समेत गरेका छन् ।

उनीहरुमा होटलप्रतिको औधी लगाव रहेको छ । पाँचखाल आफ्नो ठाँउमा केही गरौ भनेर नेपालको पनि आफू जन्मेको ठाँउमा आएर लगानी गरेका छौ धेरै माया पाएका छौ,प्रभुराजले भने । उनले आफ्नो दाजुले दुबइमा सेभेन स्टार होटलमा लामो समय सेफमा काक गर्नु भएको बताए । उनले आफूपनि साउदी अरबमा पिएफसीमा वेष्ट कुक भएको बताए । उनको परिवारले े काठमाण्डौमा ३२ ओटा होटल संचालन गरेको बताए । उनले पाँचखालवाटै लोकल,कुखुरा, खसी, माछा तन्दुरी तयार पारेर खुवाउने बताए । गुप्र सम्र्पकमा आए सिंगो खसी तयार पारेर पेटमा बेरियानी राखेर समेत तयार पार्नेछौ उनले सुनाए । अब सानो कार्यक्रम गर्न धुलिखेल जाने बाँध्यताको अन्त्य गराउन हामीले सेवा प्रदान गरिरहेका छौ उनले बताए ।


तपाईको प्रतिक्रिया