काभ्रेपलाञ्चोक (धुलिखेल) – ‘मैले सुनेको मात्रै थिए, चितुवाले बाख्रो खाएपछि वन कार्यालयमा आएर क्षतिपुर्तीको मागफारम भरे, नभन्दै साँच्चिकै पैसा आयो’ बेथानचोक–४ च्यासिङखर्कका झलकमान लामाले डिभिजन वन कार्यालयवाट ८७ हजार क्षतिपुर्ती बुझ्दै सुनाउँदै थिए । ‘मेरो बाख्रो चितुवाले खाएपनि मन नखाँदा क्षतीपुर्ती पाए’ उनले भने ।

गाँउमै नमूनाको रुपमा बाख्रा फार्म स्थापना गरेर कृषि अभियानमा सकृय बनेका लामाको फार्ममा चितुवाले वितण्डानै मच्चाएको थियो । फार्ममा रहेका १२ ओटा बाख्रा खाएपछि उनी त्यहाँवाट उम्कन सकेका थिएनन् । ८७ हजार क्षतिपुर्ती वापत पाएसँगै उनले आफूले केही राहत महसुस गरेको सुनाए । ‘ चितुवाले बाख्रोमात्रै खायो मेरो मन खाएन’ उनले थपे, सरकारले मन थाम्ने शक्ति दियो ।’

काभ्रेमा बार्षिक जंगली जनावरको क्षती पु¥याएपनि क्षतिपुर्ती पाउने जानकारी नभएका काभ्रेका किसानहरु पछिल्लो समय क्षतीको क्षतिपुर्ती पाउने कुरा जानकारीनै पाएका थिएनन् । काभ्रेमा फागुन यतामात्रै बनेपा–४ नालाका दिलनाथ दाहाललाई ८ हजार ५ सय, विष्णुनारायण श्रेष्ठलाई १७ हजार, मोहनमणी पराजुलीलाई १७ हजार ५ सय, बेथानचोक–४ का केनामसिं लामालाई ३४ हजार क्षतीपुर्ती उपलब्ध गराएको थियो ।
पिडित किसानहरुको निवेदनलाई शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज मार्फत क्षतीपुर्तीको व्यवस्थापन मिलाएको डिभिजन वन कार्यालयका प्रभुराम थापाले जानकारी दिएका छन् । ‘ यो बर्ष हामीले एक लाख ९० हजार क्षतिपुर्तीको व्यवस्था ग¥र्याै’ थापाले भने ।

चितुवासँगै जंगली जनावरले घरपालुवा पशु र मानवमा आक्रमण गर्नु सामान्यजस्तै बनेको काभ्रेमा क्षतीपुर्ती पाउने कुराले राहतको अनुभुती भएको किसानले सुनाउन थालेका छन् । ‘ हामीले बाख्रा पाल्ने कुरानै छाड्ने योजना बनाउँदै थियौ,अब सुरक्षा अपनाउने र त्यो हुन नसक्दा क्षतीपुर्ती पाउने भएकाले औधी खुसी लागेको छ’ खुसी सुनाउँदै बेथानचोक–४ का केनामसिं लामाले भने ।

जंगली जनावरहरुको बासस्थान निरन्तर मेटिदै गएपछि काभ्रेमा मानव र जंगली जनावरबिचको द्वन्द्व बढेसँगै डिभिजन वन कार्यालय काभ्रेले क्षतिपुर्तीको व्यवस्थापन सुरु गरेको छ । डिभिजन वन कार्यालय काभ्रेमा नेतृत्व डिभिजनल वन अधिकृत बद्री कार्कीले लिएसँगै फागुन यतामात्रै सातजना किसानले क्षतिपुर्ती पाएका हुन् । त्यसअघि क्षतिपुर्तीको माग समेत किसानले गरेका छैनन् ।

मानवले जनावरप्रति हेरिने दृष्टिकोणले पछिल्लो समय मानव र जंगली जनावरबिच द्वन्द्वको वातावरण सृजना भएपछि क्षतिपुर्तिको वातावरण मिलाएको अधिकृत कार्कीले सुनाए । काभ्रेमा मुख्यतया चितुवा, बँदेल, बाँदर, दुम्सीसँग मानवको द्वन्द्वको वातावरण सृजित भएका छन् । तर काभ्रेमा सबैभन्दा धेरै क्षति भने चितुवालेनै पारेको रेकर्ड रहेको छ । यो बर्ष सात किसानले १ लाख ९० हजार क्षतीपुर्ती पाउन सकेका हुन् । पिडित कृषकलाई उनीहरुलाई डिभिजन वन कार्यालय काभ्रेको बार्षिक समिक्षा गोष्ठीको अवसर पारेर काभ्रेका प्रमुख जिल्ला अधिकारी उदय रानामगरले रकम हस्तान्तरण गरेका थिए ।

काभ्रेमा चितुवा, बँदेल, ध्वाँसे बदेल, बन कुकुरले पु¥याएको क्षतीमा क्षतीपुर्ती पाउने व्यवस्था रहेको छ । जंगली वन्यजन्तुवाट हुने क्षतीको सहयोग निर्देशिकाको आधारमा रहेर काभ्रेमा पनि क्षतिपुर्तीको व्यवस्थापनका लागि डिभिजन वनले अग्रसरता देखाएसँगै काभ्रेमा फागुन यतामात्रै १ लाख ९० हजारको क्षतिपुर्ती दिलाएको हो ।

विकसित देशहरुले सुरु गरेको लामो समयपछि नेपालमा पनि क्षतिको आधारमा त्यसको क्षतिपुर्ति दिने थालिएको हो । २०६७ सालदेखि २०७४ सालसम्मका पिडितलाई साविकका वन अधिकृत प्रेम खनालले २१ लाख क्षतिपुर्तिको व्यवस्था मिलाईसकेका थिए । त्यसपछि यो बर्ष डिभिजनल वन अधिकृत कार्कीले एक लाख ९० हजारको क्षतीपुर्तीको व्यवस्था गरेका हुन् ।

जंगली जनावरले गरेको आक्रमणपछि क्षतिपुर्तीको व्यवस्था गर्नुभन्दा पनि द्वन्द्वनै नहुने खालको वातावरण सृजना गराउन डिभिजन वनले कार्यक्रम संचालन गरिरहेको अधिकृत कार्कीले बताए । काभ्रेको करिब ८० हेक्टर सार्वजनिक वनमा रहेको अधिक्रमण हटाएर बृक्षारोपण गरिएको मानिस र जनावरबिच आमुन्नेसामुन्ने हुने वातावरण अन्त्यको काम भैरहेको उनले बताए ।

‘जनसंख्या बृद्धिसँगै वनमा रहेको आत्मनिर्भरता कम गराउन सकियो भनेमात्रै पनि मानव र जनावरको द्वन्द्वमा धेरैने कमी आँउछ’अधिकृत कार्कीले सुनाए । उनले चितुवाले विशेष अवस्थामा मानवलाई आक्रमण गर्ने भएकाले सो अवसरमा बच्न सकेमा क्षति कम हुने वन कार्यालयको दावी छ । चितुवाले प्रजनन गर्ने समय, आफ्नो बच्चाहरुलाई मानिसले हानी नोक्सानी पु¥याएमा आक्रमण गर्ने गरेको छ ।

तर जंगली जनावरको आक्रमणवाट घरपालुवा जनावरलाई क्षति पारेमा जनावरको प्रकृती हेरेर जिल्ला वन कार्यालयले क्षतिपुर्तीको समेत व्यवस्था गरेको छ । डिभिजन वन कार्यालयले विभिन्न समयमा मानवसँग द्वन्द्ध भएर घाईते बन्न पुगेका जनावरको उद्धारसँगै मरेको जनावरको सदगती समेत गराएको छ । काभ्रेका मानवसँग द्धन्द्धकै कारण रतुवा मृग, सालक, चितल, बँदेलसँग द्वन्द्व हुने भएपछि घाईतेको उद्धार, छाला र हड््डी बिक्री वितरण गर्नेलाई कारवाही समेत गराएको छ


तपाईको प्रतिक्रिया