धाइटार – मण्डनदेउपुर–८ धाइटारमा रहेको प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा पंञ्चकन्या महिला विकास बहुउदेश्यीय सहकारीले आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा सयौंले स्वास्थ्यजाँच गराएका छन् ।

मण्डनदेउपुरमा समुदायका समस्या समाधान गराउन सहकारीले निक्कै महत्वपुर्ण योगदान दिदै आएकोमा सामुदायिक सेवा प्रतिष्ठानको सहयोगमा सहकारीले समन्वय गरेर बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

स्वास्थ्य शिविरमा ३ सय १७ जनाले स्वास्थ्य परिक्षण गराएको प्रतिभा साकोसका अध्यक्ष हरिप्रसाद पौडेलले बताए । हामीले सुगर प्रेसर र महिलाहरुको प्रजजन स्वास्थ्य सम्बन्धी चेकजाँच गरेका हौ उनले भने ।

महिला दिदी बहिनीलाई लक्षित गरेर आफूहरुले सो शिविर संचालन गरेको तथा पंञ्चकन्या महिला विकास बहुउदेश्यीय सहकारीको अध्यक्ष अम्बिका ठकुरीले बताइन् । उनले विगतदेखिनै महिलाहरुको स्वास्थ्यमा गम्भिर बनेर हामीले स्वास्थ्यको चेकजाँच गरेका हौ अध्यक्ष हमालले भनिन् ।


तपाईको प्रतिक्रिया