पाँचखाल – पाँचखाल नगरपालिका वडा नं ४ हेलम्बु राजमार्गमा ट्रक र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ ।

मोटरसाइकल चालक पाँचखाल नगरपालिका ४ बस्ने संजिब श्रेष्ठको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी सहायक निरिक्षक भिमसेन बिक्रम थापाले बताए । मण्डनदेउपुर बाट पाँचखाल तर्फ आउदै गरेको बा ३ ख ९९९२ नम्बरको निसान मिनि ट्रक संग मण्डनदेउपुर तर्फ जादै गरेको बा ४६ प १५३६ नम्बरको मोटरसाइकल एक आपसमा टोकिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा ३ जना सवार रहेको र चालक श्रेष्ठको धुलिखेल अस्पताल उपचारको क्रममै बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहर िकार्यालयले जनाएको छ । घाइते मण्डनदेउपुर नगरपालिका ११ सदिप थापा र पाँचखाल ४ अभिषेक खनालको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया