पलाञ्चोक – सुनकोशी र ईन्द्रावती नदीको अवलोकनमात्रै हैन दर्जनौ हिमश्रृंखलासँगै पाँचखाल उपत्यका र मण्डनदेउपुर उपत्यकाको मनमोहक दृश्यावलोकन गर्न सकिने भुम्लु गाँउपालिका–१० दोलालघाटको नंम्बरी डाँडामा चिटिक्कको गुम्बा बनेको छ । भुम्लु गाँउपालिकाको १२ लाख रुपैया सहयोग तथा जनश्रमदानवाट पलाञ्चोक भगवती मन्दिरको पारिपट्टीको नंम्बरी डाँडामा बनेको गुम्बाको भुम्लु गाँउपालिकाको अध्यक्ष गुमानध्वज कुंवरले एक कार्यक्रका बिच समुद्घाटन गरेका छन् ।

उनले काभ्रेको भुम्लु पर्यटकीय संम्भावना रहेको ठाँउ भएकाले अबका दिनहरुमा यसको विकास र समृद्धिमा गाँउपालिकाले सहयोग निरन्तर गर्ने बताए । नंम्बरी डाँडामा बनेको गुम्बाले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्न आतुर रहेको कुंवरले सुनाए । उनले यो डाँडामा बौद्ध धर्ममा प्रख्यात रहेको स्वयम्भुनाथ, बौद्धनाथ र नमोबुद्ध बनाएर त्यहाँ जान नसक्ने असक्त तथा जेष्ठ नागरिकले यही ठाँउवाट ध्यान गर्न सक्ने बताए । यहाँनै आएर बत्ति बालेमात्रै पनि मनको शान्ति हुने भएकाले यो ठाँउ अब धार्मिक पर्यटनको हिसावले विकास हुने अध्यक्ष कुंवरले बताए ।

उनले सबै धर्मको सार भनेको मानवलाई अनुशासनमा राख्ने काम गरेको बताए । उनी आफू समेत बौद्ध धर्मको सम्मान गर्ने व्यक्ति भएको बताए । उनले सो गुम्बासँगै आवश्यक रहेको अरु पूर्वाधारको विकासमा आफूले योजना बनाएर विकास गर्ने बताए । हाम्रोमा भर्खरै भगवान गौतमबुद्धको स्थापना भएको छ । भगवान बुद्ध जसरी हामी सालिन बनेर अघि बढ्न आवश्यक रहेको छ । हामीले कसरी खाने,कस्तो भनेर अनुशासन सिकाउने काम धर्मले विकास गरेको छ । हामीले हाम्रा डाँडाहरुमा पर्यटन विकास गराउन आवश्यक रहेको छ ।

नजिकै रहेको पलाञ्चोक मन्दिरमा आउने पर्यटकहरु समेत आकर्षित बनाउन पूर्वाधारको विकास लगायतका कामहरु गर्न आवश्यक रहेकाले त्यसमा गाँउपालिकाले गुरु योजना बनाएर काम अघि बढाउने अध्यक्ष कुंवरले भने । वडा नं १० का अध्यक्ष चित्रबहादुर लामाले २ बर्षको लामो प्रयासपछि गाँउमै गुम्बा निर्माण गर्न सकेको बताए । उनले अब महत्वपुर्ण चाडपर्वहरु गुम्बामै गर्न सकिने भएकाले गाँउमै धार्मिक आस्थाको केन्द्र थपिएको सुनाए ।

कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ११ का शिवशरण लामाले पाँचखाल नगरपालिकाले समेत सो नंम्बरी डाँडालाई विशेष रुपमा हेरेको बताए । भुम्लुले बनाएजस्तै बौद्धनाथ र नमोबुद्ध बनाउने चरणमा आफूहरुले काम गर्ने बताए ।कार्यक्रममा पाँचखाल–१३ का वडाअध्यक्ष सुकबिर तामाङ, समाजसेवी केशरमान तामाङ, सरस्वती प्राविका प्रअ कृष्णमान तामाङ, मेलमिलापकेन्द्रका लालबहादुर लामा,निर्माण समितिका अध्यक्ष गुञ्जमान लामाले मन्तव्य राखेका थिए । वडा सदस्य तिर्थ लामाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सदस्य मञ्जु शाहले गरेकी थिईन् ।


तपाईको प्रतिक्रिया