रोशी – जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ की पहिरोमा परि मृत्यु भएकी कृष्णदेवी रायमाझीको परिवारले राहत पाएका छन् ।

माम्तीमा रहेको भिमेश्वर माविको पर्खाल खस्दा रायमाझीको घरमा परेर उनको मृत्यु भएको थियो । सोमबार मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट गृह मंत्रालय बाट प्राप्त रकम प्रमुख जिल्ला अधिकारी उदय रानामगर ज्यु रु. १ लाख रुपैयाँँ नगद हस्तान्तरण गरेका छन् ।

त्यसैगरि पिडितलाई रोशी गाउपालिका अध्यक्ष डि.बि. लामाले रु. १५ हजार सहित खाधान्न सामाग्री हस्तान्तरण गरेका छन् भने नेपाल रेडक्रस काभ्रेका सभापति रघुबर चौप्रधानले फेमली किट वितरण र मंगलटार शाखाबाट ५ हजार बितारन गरेका थिए ।


तपाईको प्रतिक्रिया